‘२०१९’को मोस्ट ब्युटिफुल उपाधि मल्लिकालाई


नेपाल पाना प्रकाशित: २०७६-३-२० गते
‘२०१९’को मोस्ट ब्युटिफुल उपाधि मल्लिकालाई

काठमाडौं । १५ प्रतियोगीलाई पछि पार्दै ‘२०१९’को मोस्ट ब्युटिफुल उपाधि मल्लिका बुढाथोकीले जितेकी छन् । 

राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित अन्तिम स्पर्धामा सृजना मैनाली फष्टरनर अप र सुभाष तामाङ सेकेन्ड रनरअप घोषित भए । मैनालीले बेष्ट वाक, मोस्ट फ्रेण्ड्ली उपाधि समेत हात पार्दा तामाङले मोस्ट कन्फिडेन्ट उपाधिमा चित्त बुझाए ।

सिद्धि मिडिया आयोजक रहेको प्रतियोगितामा सागर श्रेष्ठले मल्टिमिडिया च्वाइस, भ्युयुर च्वाइस्, मोस्ट पपुल र मोष्ट ट्यालेनट समेत गरि ४ उपाधि हात पारे । पुर्व प्रधान सेनापती रुकमाङ्गद कटुवाल मुख्य अतिथि रहेको कार्यक्रममा अभिनेत्री संचिता लुईटेल, समाजसेवी कृष्ण देवकोटा, नेपाल्स् चब्बी मोडलको फष्टरनरअप मिनु तामाङ, जीना ताम्राकार, अनिल वीर सिंह तुलाधर प्रतियोगिताको निर्णायकमा रहेका थिए ।

१६ देखि ४० वर्षसम्मका विवाहित, अविवाहित विद्यार्थी, गृहणी, कामकाजी ब्यक्ति, शिक्षक, कर्मचारी, ब्यबसायी लगायत सबैका प्रकारका ब्यक्तिहरुको ब्यक्तित्व बिकाशका लागि उपयुक्त प्लेटफर्म दिने उदेश्यले प्रतियोगिता आयोजना हुँदै आएको आयोजक सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए ।

सचु गुरुङको कोरियोग्राफी रहेको प्रतियोगिता विभिन्न संगीतिक कार्यक्रम सहित आयोजना गरिएको थियो ।


‘सक्दिन म बाच्न’ भन्दै मेलिना आइन बजारमा (भिडियोसहित)
‘सक्दिन म बाच्न’ भन्दै मेलिना आइन बजारमा (भिडियोसहित)

काठमाडौं । माया प्रेमको भावना समेटिएको गीत ‘सक्दिन म बाच्न’ सार्वजनिक भएको छ । फिल्म मारुनीको गीत ‘सक्दिन म बाँच्न’ सार्वजनिक भएको हो  । ‘सक..

‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै
‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै

काठमाडौं । साउन १० गतेबाट हलहरुमा फिल्म ‘सुपर गोर्खे’ आउने भएको छ । लामो समयदेखि तयार भएको फिल्म अब भने प्रदर्शनमा आउने पक्का भएको हो । फिल्ममा अभिनेत्री ऋचा सि..

बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी
बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी

मुम्बई । बलिउड नायिका सोनाक्षी सिन्हाले हिन्दी फिल्म ‘खानदानी शफाखाना’ मा करिअरकै कठिन दृष्यमा अभिनय गरेको दावी गरेकी छिन् ।  बजारमा सेक्स क्लिनिकको प्रचार..

‘रातो गलबन्दी’ आयो बजारमा (भिडियोसहित)
‘रातो गलबन्दी’ आयो बजारमा (भिडियोसहित)

विराटनगर । फिल्म ‘रातो गलबन्दी’ को फर्स्टलुक पोस्टर सँगै फिल्ममा समावेश गरिएको ‘रातो गलबन्दी’ बोल भएको शीर्ष गीत सार्वजनीक गरिएको छ ।  समाजमा घ..