2020-04-02 18:11:26

आईफा आयोजक वीज्क्य्राफ्टले भन्यो : 'अनावश्यक विवादमा फसाईयो, कानूनी प्रकृयामा जान्छौं !'

प्रकाशित

काठमाडौं । इन्टरनेशनल ईन्डियन फिल्म एकेडेमी अवार्ड (आईफा) आयोजना गर्ने कम्पनीले नेपालमा अवार्ड कार्यक्रम गर्नेबारे कुनै निर्णय नभएको जनाएको छ । 

वीज्क्य्राफ्टका प्रमुख एन्ड्री टिमिन्सले काठमाडौंमा आईफा अवार्ड समारोह गर्नेबारे देखिएको विवादमा स्पष्टोक्ति दिएका हुन् । आईफा–२०१९ आयोजना गर्नेबारे अहिलेसम्म अन्तिम निर्णय नलिएको,  कैयौं देशले कार्यक्रम आयोजना गरिदिन भनेको र तीमध्ये नेपालमा पनि एक रहेको वीज्क्य्राफ्टले दाबी गरेको छ । 

नेपालमा नै आईफा आयोजना गनृबारे अहिलेसम्म कुनै फैसला नभएको पनि आयोजक कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख टिमिन्सले नेपालमा आईफा अवार्डबारे भईरहेको विवादप्रति आश्चर्य र दुःख प्रकट गर्दै कम्पनीले नेपालमै कार्यक्रम आयोजना गर्ने कुनै आधिकारिक फैसला नलिँदै नेपाल सरकारले बिनाआधार यो कुरा सार्वजनिक गरेको बताएका छन् । 

साथै, नेपाल सरकारका कारण आईफा र वीज्क्य्राफ्टलाई विवादमा ल्याईएका कारण त्यसविरुद्ध कानूनी बाटो समात्ने चेतावनी पनि कम्पनीले दिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech