चितुवाले घाईते बनाएका श्रीषले सरकारबाट पाए २ लाख 


नेपालपाना प्रकाशित: २०७६-३-२१ गते
चितुवाले घाईते बनाएका श्रीषले सरकारबाट पाए २ लाख 

राँझा । डिभिजन वन कार्यालय बाँकेले चितुवाको आक्रमणमा परी घाइते भएका बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरीका दीपबहादुर श्रीषलाई राहतस्वरूप दुई लाख रुपैयाँ सहयोग गरेको छ।

नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहतकोषअन्तर्गत उक्त रकमको चेक घाइते श्रीषलाई प्रदान गरिएको डिभिजन वन कार्यालय बाँकेका डिभिजन वन अधिकृत मोहन श्रेष्ठले बताए।  

वन्यजन्तु गाउँ बस्तीमा पसेर कुनै पनि मानवलाई आक्रमण गरी सामान्य घाइते बनाए ५० हजार, गम्भीर घाइते बनाए  दुई लाख र मृत्यु नै भए  १० लाख रुपैयाँसम्मको राहतबापत आर्थिक सहयोग हुने व्यवस्था छ।

चितुवाले आक्रमण गर्दा श्रीष गम्भीर घाइते भएका थिए। नेपालगञ्जस्थित अस्पतालमा उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको छ। (रासस)


आजको मौसम: देशभर चीसो बढ्दै, वर्षाको सम्भावना
आजको मौसम: देशभर चीसो बढ्दै, वर्षाको सम्भावना

काठमाडौं । पश्चिमबाट आएको पश्चिमी वायुले नेपालको मौसममा आंशिक प्रभाब देखिएको छ । देशभर तापक्रम ओरालो लागिरहेको छ । कतिपय स्थानहरुमा आकाशमा बादल लागेकाले घाम मलिनो लागेको छ ।&n..

हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !
हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !

काठमाडौं । वन्य जन्तुहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो । विभिन्न देशहरुले वन्य जन्तुको संरक्षणको लागि क्षेत्रहरु छुटाएका छन् । त्यस्तै उत्तर बंगालको वन क्षेत्रमा पनि वन..

उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्त
उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्त

काठमाडौं । न्याय परिषदले उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई सेवाबाट बर्खास्त गरेको छ । गोर्खा ब्रुअरीको कर विवादसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेर आदेश गरेको..

दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित २ जना पक्राउ
दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित २ जना पक्राउ

काठमाडौं । पाटेबाघको छालासहित २  जना काठमाण्डौ महानगरपालिका-२७ स्थित ज्याठाबाट पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले धादिङ सिद्धलेख गाउँपालिका-४ घ..