तनहुँमा कांग्रेसको गाईजात्रा : 'जोशी कांग्रेस'ले बरिष्ठ नेता पौडेललाई नै कारबाही ठोक्यो ! (विज्ञप्तिसहित)


नेपालपाना प्रकाशित: २०७६-३-२१ गते
तनहुँमा कांग्रेसको गाईजात्रा : 'जोशी कांग्रेस'ले बरिष्ठ नेता पौडेललाई नै कारबाही ठोक्यो ! (विज्ञप्तिसहित)

दमौली । तनहुँमा कांग्रेसका दुई पक्षबीचको विवाद चरमचुलीमा पुगेको छ । पूर्वगृहमन्त्री गोविन्दराज जोशीले पार्टीकै बरिष्ठ नेता रामचन्द्र पौडेलसहित ७ नेताविरुद्ध कारबाही घोषणा गरेका छन् । 

हाल तनहुँमा प्रमुख प्रतिपक्षी कांग्रेसका दुवै पक्षले समानान्तर पार्टी गतिविधी सञ्चालन गरिरहेका छन् । जिल्ला पार्टी कार्यालय र जिल्ला कार्यसमिति पनि दुईवटा नै छन् । पार्टी सभापति शेरबहादुर देउवाको समेत टाउको दुखाई बनिरहेको तनहुँ कांग्रेसको जोशी समूहले शुक्रबार पार्टीकै लेटरप्याड प्रयोग गरी पौडेल लगायत नेतालाई कारबाही गरेको ब्यहोराले प्रेस विज्ञप्ति जारी गरेको हो । 

२०७५ माघ ८ गते संस्थापन कांग्रेस विघटन गरी स्थापना भएको भनिएको नेपाली कांग्रेस तनहुँले रामचन्द्र पौडेल लगायतका नेतालाई कारबाही गरेको हो। सो प्रेस विज्ञप्तिमा जोशी कांग्रेसलाई सहयोग नगरेकोले पार्टीको जिल्ला अनुशासन समितिले केन्द्रीय सदस्य नेता पौडेल, शंकर भण्डारी, महासमिति सदस्यहरू ध्रुव वाग्ले, रघुनाथ पौडेल, बैकुण्ठनाथ न्यौपाने, जीतप्रकाश आले, क्षेत्रीय प्रतिनीधि विश्व बास्तोलासमेतलाई पार्टीको विधान अनुसार कारबाही गरिएको उल्लेख छ। विज्ञप्ति जोशी कांग्रेसका प्रवक्ता हरिशरण पण्डितको नामबाट जारी गरिएको छ । 

वि.सं. २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस तनहुँले तत्कालीन नेतृत्वका कमजोरीको कारण लज्जास्पद हार बेहोर्नुपरेको उल्लेख गर्दै सो विज्ञप्तिमा पौडेल सहितका सात नेतालाई कारबाही गरिएको जनाईएको छ ।

 ‘तनहुँको विशेष अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति गठन भई सहज रूपमा काम गर्दै आइरहेको अवस्थामा पार्टीका निष्ठावान, कर्तव्यनिष्ठ, इमान्दार कार्यकर्ताविरुद्ध वक्तव्यबाजी गर्दै केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति समक्ष अनाश्यक भ्रम र अफवाह फैलाई पार्टी हितविपरीत काम गरेकोले कारबाही गर्ने निर्णय गरियो,’ विज्ञप्तिमा उल्लेख छ ।


ओली सरकारको निर्णयविरुद्ध वरिष्ठ पाइलट विजय लामाले लिए एक्सन, सर्वोच्चमा पर्यो मुद्दा
ओली सरकारको निर्णयविरुद्ध वरिष्ठ पाइलट विजय लामाले लिए एक्सन, सर्वोच्चमा पर्यो मुद्दा

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट एवं अभिनेता विजय लामाले नागरिक उड्डयन प्राधिकरणविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। हवाई क्षेत्रको प्रमुख सरकारी नियाम..

चोरी गरेको भन्दै नेकपाबाट निर्वाचित वडाध्यक्षको रामधुलाई, जोगाउन आएका प्रहरीको पनि भागाभाग
चोरी गरेको भन्दै नेकपाबाट निर्वाचित वडाध्यक्षको रामधुलाई, जोगाउन आएका प्रहरीको पनि भागाभाग

जुम्ला । जुम्लाका एक वडाध्यक्ष आफ्नै नगरवासीबाट कुटिएका छन्। नगरका जनताको भोटबाट स्थानीय तहको निर्वाचनमा वडाको प्रमुखमा निर्वाचित पातारासी गाउँपालिका ४ का वडाध्यक्ष कालीबहादुर..

वार्तापूर्व नै शर्त, सरकार–विप्लव वार्ता हल्ला मात्रै !
वार्तापूर्व नै शर्त, सरकार–विप्लव वार्ता हल्ला मात्रै !

काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग सरकारले वार्ताको प्रयास गरेको छ । पछिल्लो पटक विप्लव समुह र प्रहरीविचको मुठभेडमा प्रहरीकै मृत्यु भएको घटनापछि सरकार गंम्भिर बन..

साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..