‘काङ्ग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्छ’


नेपाल पाना प्रकाशित: २०७६-३-२१ गते
‘काङ्ग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्छ’

काठमाडौं । नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले शनिबार विहान आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

उनले अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको विचार व्यक्त गरेका हुन् । राजनीतिमा मिशन र भिजन नहुँदा सम्मानित क्षेत्रका रुपमा विकास हुन नसकेको उनको भनाइ थियो । पौडेलले भने,“राजनीतिमा मिशन नहुँदा जनतामा वितृष्णा बढेर गयो । यस कारण राजनीतिले ठीक दिशा लिन सकेको छैन ।”

उनले ७० वर्षको सङ्घर्षपछि आएको परिवर्तन संस्थागत हुन नपाउँदै राजनीतिमा फेरि अन्योलता छाएको चिन्ता व्यक्त गरे ।


ज्वाँइ गगन थापालाई भन्दा ससुरालाई पछ्याउने बढि !
ज्वाँइ गगन थापालाई भन्दा ससुरालाई पछ्याउने बढि !

काठमाडौं । नेपाली कांग्रेसका नेताद्धय अर्जुननरसिंह केसी र गगन कुमार थापा नाताले ससुरा र ज्वाँई हुन् ।  केसी र थापा दुवै नेता सामाजिक सञ्जाल फेशबुकमा सक्रिय छन् । थापाल..

‘चीनलाई टुक्राउन प्रयास गर्नेको हड्‍डी धुलो बनाइदिन्छौं’
‘चीनलाई टुक्राउन प्रयास गर्नेको हड्‍डी धुलो बनाइदिन्छौं’

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको दुईदिने भ्रमण सकेर स्वदेश फिर्ता भइसक्दा पनि विभिन्न संचारमा समाचारले प्राथमिकता पाइरहेको छ ।  नेपाली मिडियाले भ्रमणक..

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते

काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार दिउँसो २ बजे बिपी स्मृति भवन ललितपुरमा बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीति घटनाक्रम र..

मन्त्रिमण्डल फेरबदलबारे हल्लामा कुनै सत्यता छैन्: प्रचण्ड
मन्त्रिमण्डल फेरबदलबारे हल्लामा कुनै सत्यता छैन्: प्रचण्ड

कैलाली । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् ।  पछिल्लो समय मन्त्रिमण्डल पूनर्गठन हुनेबारे ह..