वडाध्यक्ष दुई घण्टा कार्यकक्षमै थुनिए


नेपाल पाना प्रकाशित: २०७६-३-२१ गते
वडाध्यक्ष दुई घण्टा कार्यकक्षमै थुनिए

काभ्रेपलान्चोक । सडक स्तरोन्तिका लागि आफ्ना नजिक र नाताभित्रकै व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढङ्गले राखेको आरोपमा बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहादुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिएका छन् । स्थानीयले श्रेष्ठलाई शुक्रबार कार्यकक्षमै थुनेका हुन् ।

स्थानीयले शुक्रबार उनकै कार्यकक्षमा उपभोक्ता समितिबारे प्रश्न गर्दा वडाध्यक्ष श्रेष्ठले जवाफ दिन नसकेपछि विरोधस्वरुप कार्यकक्षमै थुनिएको स्थानीय भवनाथ तिमल्सिनाले बताए । उनले भने, ‘वडाध्यक्षले छलफल बिना गलत प्रक्रियाबाट आफ्ना नजिककालाई उपभोक्ता समितिका अध्यक्ष र अनुगमन समितिका अध्यक्ष तथा सडक उपभोक्ता नभएकालाई समितिका सदस्य बनाएका रहेछन्, हामीले यसबारे प्रश्न गर्दा उनले जवाफ दिन सकेनन् अनि केही समय कार्यकक्षमै थुनिदिएका हौँ ।’







छोराको मृत्युपछि ६५ बर्षीय बाबुले पनि आत्महत्या गरे, गाउँ नै शोकमा
छोराको मृत्युपछि ६५ बर्षीय बाबुले पनि आत्महत्या गरे, गाउँ नै शोकमा

तानसेन । हृदयघातका कारण छोराको मृत्युपश्चात बाबुले पनि आत्महत्या गर्दा पाल्पाको रामपुर नगरपालिका–१० हेक्लाङ् गाउँ शोकमग्न बनेको छ ।  त्रिभुवन बहुमुखी क्याम्पस पा..

केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राख्दा समस्यै–समस्या
केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राख्दा समस्यै–समस्या

काठमाडौं, मुलुककै पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या परेको छ ।  विसं १९७१ मा स्थापना भएको मुलुककै प..

ज्ञानेन्द्र शाहीमाथि प्रहरी अनुसन्धान शुरु 
ज्ञानेन्द्र शाहीमाथि प्रहरी अनुसन्धान शुरु 

ललितपुर । शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि विमानमै दुर्व्यवहार गरेको आरोप लागेका ज्ञानेन्द्र शाहीमाथि प्रहरीले अन..

गाउँपालिका अध्यक्षमाथि गोली प्रहार, आक्रमणकारी खोलामा हाम फालेर भागे 
गाउँपालिका अध्यक्षमाथि गोली प्रहार, आक्रमणकारी खोलामा हाम फालेर भागे 

डडेलधुरा । रामारोशन गाउँपालिका अध्यक्ष झन्कर साउदमाथि आइतबार साँझ ७ बजेतिर अज्ञात व्यक्तिले गोली प्रहार गरेको छ । प्रहरीले प्रतिकार गरेपछि साउद भने गोली लाग्नबाट जोगिएका छन..