को हुन् प्रधानमन्त्रीका सल्लाहकारको 'छौंडा'  ? 


नेपालपाना प्रकाशित: २०७६-३-२२ गते
को हुन् प्रधानमन्त्रीका सल्लाहकारको 'छौंडा'  ? 

काठमाडौं । वैश्विक व्यवस्थामा ब्यापक बदलाव, नागरिक चेतना जुर्मुराईरहेको अवस्था, सत्ताधारीले मनमौजी गर्न नपाउने अवस्था, सूचना–प्रविधीको विस्तार, विज्ञानको चमत्कार !

तर नेपालमा भने प्रधानमन्त्रीकै हात समाईरहेका व्यक्तिहरु कसरी अन्धविश्वासी र रुढीवादी शब्द प्रयोग गर्दै आलोचक एवं विरोधीहरुलाई तथानाम गाली गर्छन भन्ने बुझ्न विष्णु रिमालको ट्वीट पढे पुग्छ । 

रिमाल प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहाकार हुन् । उनले ट्वीटरमा जे लेखेका छन् र जुन शब्द प्रयोग गरेका छन, त्यो पढ्दा दुनियाँको जग हाँस्न सक्छ । 

'तरकारी काण्ड' मा सरकारको हचुवा निर्णय असफल भएपछि एकाथरीले वर्तमान राष्ट्रवादी सत्ता भारतको मुठ्ठीमा कैद भएको भन्दै आलोचना गरेका छन् । यो काण्डमा भारतलाई नमुच्छनेले पनि बिनातयारीको निर्णयका कारण सरकारले नागरिकमाथि फेरि मजाक गरिरहेको भन्दै तीखो आलोचना गरेका छन् । 

यो पनि पढ्नुहोस : तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !

तर प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार रिमाल चाहिँ ट्वीटरमा अन्धविश्वासी शब्दहरु प्रयोग गर्दै जुहारी खेलिरहेका छन् । उनले ट्वीटरमा लेखेका छन् : ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन्, कसैले छोड्छन्, दुःख दिन्छन्,  यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ?’  

सरकारले भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण रोकेकोमा सत्तारुढ दलकै नेताहरुले सरकारको आलोचना गरिरहेका छन् । गुठी विधेयक, व्यापारी पोस्ने चिनीकाण्ड, निर्मला हत्याकाण्डजस्ता कैयौं सवालमा देखाएको अकर्मण्यताका कारण दुई तिहाई बहुमतको सरकार निकै रक्षात्मक अवस्थामा पुगेको छ । 


ओली सरकारको निर्णयविरुद्ध वरिष्ठ पाइलट विजय लामाले लिए एक्सन, सर्वोच्चमा पर्यो मुद्दा
ओली सरकारको निर्णयविरुद्ध वरिष्ठ पाइलट विजय लामाले लिए एक्सन, सर्वोच्चमा पर्यो मुद्दा

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट एवं अभिनेता विजय लामाले नागरिक उड्डयन प्राधिकरणविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। हवाई क्षेत्रको प्रमुख सरकारी नियाम..

चोरी गरेको भन्दै नेकपाबाट निर्वाचित वडाध्यक्षको रामधुलाई, जोगाउन आएका प्रहरीको पनि भागाभाग
चोरी गरेको भन्दै नेकपाबाट निर्वाचित वडाध्यक्षको रामधुलाई, जोगाउन आएका प्रहरीको पनि भागाभाग

जुम्ला । जुम्लाका एक वडाध्यक्ष आफ्नै नगरवासीबाट कुटिएका छन्। नगरका जनताको भोटबाट स्थानीय तहको निर्वाचनमा वडाको प्रमुखमा निर्वाचित पातारासी गाउँपालिका ४ का वडाध्यक्ष कालीबहादुर..

वार्तापूर्व नै शर्त, सरकार–विप्लव वार्ता हल्ला मात्रै !
वार्तापूर्व नै शर्त, सरकार–विप्लव वार्ता हल्ला मात्रै !

काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग सरकारले वार्ताको प्रयास गरेको छ । पछिल्लो पटक विप्लव समुह र प्रहरीविचको मुठभेडमा प्रहरीकै मृत्यु भएको घटनापछि सरकार गंम्भिर बन..

साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..