‘विद्यालयमा पढाइ हुने यौन शिक्षामा विद्यार्थीका सबै जिज्ञासा पूरा हुँदैनन्, पाठ्यक्रम पूर्ण छैन’


नेपाल पाना प्रकाशित: २०७६-३-२२ गते
‘विद्यालयमा पढाइ हुने यौन शिक्षामा विद्यार्थीका सबै जिज्ञासा पूरा हुँदैनन्, पाठ्यक्रम पूर्ण छैन’

काठमाडौं । विद्यालयमा पढाइ हुने यौन शिक्षा अपुरो, अपर्याप्त र पाठ्यविधि पनि कमजोर रहेको शिक्षक–विद्यार्थी तथा यस विधामा चासो राख्ने विज्ञहरुले बताएका छन् । ‘स्वास्थ्य तथा शारीरिक शिक्षाभित्र एक–दुई पाठ यौनसँग सम्बन्धित विषय समावेश गर्दैमा विद्यार्थीका सबै जिज्ञासा पूरा हुँदैनन्, पाठ्यक्रम पूर्ण छैन,’ आदिनाथ माध्यमिक विद्यालय, चोभारका प्रधानाध्यापक जुजुभाइ महर्जनले बताए ।

उनकै विद्यालयमा यौन शिक्षा पढाइरहेकी शिक्षिका रमिला तामाङ सहमति जनाउँछिन्, ‘कक्षाकोठाभित्र प्रवचन विधिद्वारा पढाइएको यौनशिक्षाको विषयवस्तु अपुग छ, किशोर–किशोरी र युवाहरुलाई यस सम्बन्धमा आवश्यक जानकारी गराउन हामीले थप प्रयास गर्नु आवश्यक छ ।

शिक्षिका तामाङले बाहिरका केही गैरसरकारी संस्थाहरुसँग मिलेर यौन तथा प्रजनन स्वास्थ्यको बारेमा विद्यार्थीलाई थप प्रशिक्षण दिने गरेको पनि जानकारी गराउनुभयो । किशोर–किशोरीले यौनशिक्षाका बारेमा जानकारी पाएभने उनीहरुले आफ्ना अभिभावकलाई समेत यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारका विषयमा प्रशिक्षित गर्नेछन् । नेपाल समाचारपत्र दैनिकबाट







बैंकको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या एकै बर्षमा दोब्बर
बैंकको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या एकै बर्षमा दोब्बर

काठमाडौं । बैंक तथा विक्तिय संस्थाको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या गत आर्थिक बर्षमा ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंंकको पछिल्लो तथ्याङक अनुसार कालोसूचिमा..

जयनगर-जनकपुर रेल सेवा सञ्चालनमा बाढी तगारो !
जयनगर-जनकपुर रेल सेवा सञ्चालनमा बाढी तगारो !

काठमाडौं । निर्माणधीन जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा बाढी तगारो बनेको छ । गत असारको अन्तिम साता आएको बाढीे लिक क्षतिग्रस्त बनाएको र अहिलेसम्म मर्मतसम्भार नभएका कारण तत्..

सहसचिब र उपसचिवको खुला परीक्षामा कर्मचारी प्रतिस्पर्धा गर्न बन्देज
सहसचिब र उपसचिवको खुला परीक्षामा कर्मचारी प्रतिस्पर्धा गर्न बन्देज

काठमाडौं । नेपाल सरकारको नीतिगत तहको महत्ववपूर्ण पद मानिने सहसचिव र उपसचिवको खुला परीक्षामा निजामती तहकै कर्मचारीलाई प्रतिस्पर्धा गर्न बन्देज गरिने भएको छ । अब सो परीक्षामा बा..

२० करोडको लागतमा सुविधासम्पन्न दुई रंगशाला निर्माण हुने
२० करोडको लागतमा सुविधासम्पन्न दुई रंगशाला निर्माण हुने

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा रंगशाला बन्ने भएका छन् । कमलामाई नगरपालिका–५ कालिमाटीमा सिन्धुली रंगशालाको भने शिलान्यास भई निर्माण सुरु..