‘कर्मचारीको क्षमताअनुरुप सरकारले काम लिन सकेन’


नेपाल पाना प्रकाशित: २०७६-३-२२ गते
‘कर्मचारीको क्षमताअनुरुप सरकारले काम लिन सकेन’

काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आइतबार सिंहदरवारमा भएको छलफलमा सांसदको राज्यव्यवस्था तथा सुशासन समितिमा कर्मचारीको क्षमताअनुरुप सरकारले काम लिन नसकेको भन्दै सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

उनीहरुले सरकारले कर्मचारीको रिक्त दरबन्दी पदपूर्ति गर्न नसक्दा सेवाग्राहीहरु समस्यामा परेको बताए । सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माले अवकाश प्राप्त निजामती कर्मचारीहरुलाई चाडपर्वमा राज्यले दिदैं आएको सुविधा कटौती गर्न जोड दिए । यसो गर्दा राज्यको आर्थिक भार कम हुने उनको भनाई छ ।

तर, नेकपाकै सांसद पम्फा भुषालले भने अवकाश प्राप्त कर्मचारीले पर्वका बेला खाईपाई आएको सुविधा कुनै हालतमा पनि कटौती गर्न नहुने बताइन् । बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले यस्तो व्यवस्था राज्यका लागि बोझ भएको जिकिर गरिन् । सांसद प्रेम सुवालले राज्यको भार कम गर्न निजामती कर्मचारीहरुलाई दिइदैं आएको सेवा सुविधा कम गर्नुपर्ने धारणा राखेका थिए । समितिले अवकाश प्राप्त कर्मचारीलाई उपचार खर्च दिने विधेयकमा उल्लेखित प्रावधान तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ ।


ज्वाँइ गगन थापालाई भन्दा ससुरालाई पछ्याउने बढि !
ज्वाँइ गगन थापालाई भन्दा ससुरालाई पछ्याउने बढि !

काठमाडौं । नेपाली कांग्रेसका नेताद्धय अर्जुननरसिंह केसी र गगन कुमार थापा नाताले ससुरा र ज्वाँई हुन् ।  केसी र थापा दुवै नेता सामाजिक सञ्जाल फेशबुकमा सक्रिय छन् । थापाल..

‘चीनलाई टुक्राउन प्रयास गर्नेको हड्‍डी धुलो बनाइदिन्छौं’
‘चीनलाई टुक्राउन प्रयास गर्नेको हड्‍डी धुलो बनाइदिन्छौं’

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको दुईदिने भ्रमण सकेर स्वदेश फिर्ता भइसक्दा पनि विभिन्न संचारमा समाचारले प्राथमिकता पाइरहेको छ ।  नेपाली मिडियाले भ्रमणक..

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते

काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार दिउँसो २ बजे बिपी स्मृति भवन ललितपुरमा बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीति घटनाक्रम र..

मन्त्रिमण्डल फेरबदलबारे हल्लामा कुनै सत्यता छैन्: प्रचण्ड
मन्त्रिमण्डल फेरबदलबारे हल्लामा कुनै सत्यता छैन्: प्रचण्ड

कैलाली । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् ।  पछिल्लो समय मन्त्रिमण्डल पूनर्गठन हुनेबारे ह..