रानीमहलको जग्गा माफियाको मिलेमतोमा व्यक्तिका नाममा 


नेपाल पाना प्रकाशित: २०७६-३-२३ गते
रानीमहलको जग्गा माफियाको मिलेमतोमा व्यक्तिका नाममा 

काठमाडौं । नक्क्ली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिको नाममा नामसारी भएको खुलासा भएको छ । 

नेपालको ताजमहलका रूपमा परिचित पाल्पाको रानीमहलको जग्गा माफिया र मालपोत कार्यालयको मिलेमतोमा व्यक्तिका नाममा नामसारी भएको खुलासा भएको हो । माफियाले नक्कली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिका नाममा दर्ता गराएको पाइएको हो ।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनका क्रममा रानीमहलका जग्गा शंकास्पद रूपमा अतिक्रमणमा परेको तथ्य फेला परेको हो ।सतर्कता केन्द्रका अनुसार १८ माघ २०६२ मा पाल्पा दरबारमा आगलागी हुँदा मालपोत तथा नापी कार्यालयका कागजात जलेर नष्ट भएका थिए ।

तत्पश्चात् १२ असार २०६३ मा नयाँ स्रेस्ता कायम गर्न माग गर्दै खड्गभक्तेश्वर गुठीका मोही महालक्ष्मी श्रेष्ठले गाविस कार्यालयमा स्रेस्ता कायम गर्न माग गर्दै निवेदन दर्ता गराएको पाइएको छ ।

सोही निवेदनको आधारमा मालपोत कार्यालयले स्रेस्ता कायम गरिदिएको थियो । यो कार्यमा मालपोत कार्यालयको भूमिका शंकास्पद पाइएको छ । केन्द्रको छानबिन प्रतिवेदनअनुसार २०६० सालमा मिसिल नम्बर ३६० खडा गरी कित्ता ६६० अन्तर्गत मोही महालक्ष्मी श्रेष्ठ कायम भएको पुर्जा प्राप्त गरेको देखिन्छ ।

सोही आधारमा ५ असोज २०७२ मा मालपोत कार्यालयको निर्णयले मोही नामसारी हुन गएको मालपोतको रेकर्डमा पाइएको थियो । हाल सो कित्ता तारामान श्रेष्ठ, निलम श्रेष्ठ र तानसेन नगरपालिका–७ को नाममा नामसारी भइसकेको छ । (राजधानी दैनिकबाट


कहिलेदेखि राजधानीमा मेट्रो रेल ?
कहिलेदेखि राजधानीमा मेट्रो रेल ?

काठमाडौं । सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पार्न कम्पनी छनोट प्रक्रिया अघि बढाएको छ । सम्भाब्यता अध्ययनबाट पहिलो चरणमा..

निगमले चीनलाई जहाजको अन्तिम किस्ता नतिर्ने
निगमले चीनलाई जहाजको अन्तिम किस्ता नतिर्ने

काठमाडौं । सरकारले अनुदान तथा सहुलियत ऋणमा ल्याइएका ६ वटा चिनियाँ जहाज ९दुईवटा एमए ६० र चारवटा वाइ १२ ई०को अन्तिम १० प्रतिशत किस्तावापतको ३४ करोड रुपैयाँ नेपाल वायुसेवा निगमले..

कारगारभित्र कैदीका साथबाट भेटियो जासुसी पेन क्यामरा
कारगारभित्र कैदीका साथबाट भेटियो जासुसी पेन क्यामरा

काठमाडौं । जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ । ६ महिनाअघिको विषयलाई लिएर कैदीहरुबीच चलेको कुराकानीबाट जेलभित्रै कानुनविपरीत जासुस..

नेकपा जिम्मेवारी बाँडफाँट, कसको नेतृत्वमा कुन विभाग ?
नेकपा जिम्मेवारी बाँडफाँट, कसको नेतृत्वमा कुन विभाग ?

काठमाडौं । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका वामदेव गौतमले नेकपाको संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी पाउने भएका..