पोखराको डाइभर्सन पुल भत्कियो, गाडी अलपत्र 


नेपाल पाना प्रकाशित: २०७६-३-२४ गते
पोखराको डाइभर्सन पुल भत्कियो, गाडी अलपत्र 

काठमाडौं । पोखराको विजयपुर खोलामाथिको पक्की पुल नजिकै बनाइएको डाइभर्सन पुल आइतबार आएको बाढीले भत्काएपछि मालबाहक गाडी पोखराको तल्लो गगनगौडामा अलपत्र परेका छन् ।

यो पुलको बटमकड चर्किएपछि फागुनदेखि कास्की प्रशासनले मालवाहक गाडी गुडाउन रोक लगाएको थियो । डाइभर्सन पुल भत्केपछि पोखरा, बागलुङ, जोमसोमलगायतका क्षेत्रमा जान सामान बोकेर आएका मालबाहक ट्रक सोमबार बिहान ४ बजेदेखि गगनगौडामा अलपत्र परेका हुन् ।

खोलामा आएको बाढीले डाइभर्सन पुल भत्केपछि ट्राफिक प्रहरीले धेरै लोड भएका ट्रकलाई पोखराको लेखनाथ गगन गौडामा रोकेको हो ।, अन्नपूर्ण पोस्ट् दैनिकबाट


वीर अस्पतालका डाक्टर सापको मासिक खाजा खर्च पाँच लाख !
वीर अस्पतालका डाक्टर सापको मासिक खाजा खर्च पाँच लाख !

काठमाडौं । वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँबराबरको खाजा खाएको बिल पेस गरेका छन्। २०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्द..

जापान रोजगारीको कोटा बढाउदैँ 
जापान रोजगारीको कोटा बढाउदैँ 

काठमाडौं । जापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउँदै आवेदन खुला गरे पनि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ । श्रम, र..

धमाधम सडक टाल्दै सरकार, किन ? यस्तो छ रहस्य !
धमाधम सडक टाल्दै सरकार, किन ? यस्तो छ रहस्य !

काठमाडौं । सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिन नेपाल आउने पक्का भएसँगै उपत्यकाको सडक मर्मत थालेको छ। यसअघि पनि सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बिमस्टेक सम्मेलन..

अरुणबाट मात्र तीन हजार मेगावाट विद्युत् उत्पादन हुने
अरुणबाट मात्र तीन हजार मेगावाट विद्युत् उत्पादन हुने

काठमाडौं । विद्युत्का लागि उर्वर जिल्ला मानिएको सङ्खुवासभामा अरुण नदीबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ । अरुण नदीमा पाँचवटा जलविद्युत् आयोजना..