सरकार र प्रतिपक्षीबीचको वार्ताप्रति भेनेजुयलाका राष्ट्रपति आशावादी


नेपाल पाना प्रकाशित: २०७६-३-२४ गते
सरकार र प्रतिपक्षीबीचको वार्ताप्रति भेनेजुयलाका राष्ट्रपति आशावादी

भेनेजुयला । भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार बार्बेडोसमा शुरू भएको सरकार र प्रतिपक्षीबीचको वार्ताप्रति आफू ‘आशावादी’ बनेको बताएका छन् ।

यसै बर्षको जनवरीमा भेनेजुयलाका राष्ट्रिय सभाका अध्यक्ष हुआँ गुएइदोले आफू देशको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि राष्ट्रपति मदुरोमाथि प्रत्यक्ष चुनौति खडा भएको थियो । प्रतिपक्षी दलका नेता गुएइदोको घोषणालाई संयुक्त राज्य अमेरिकाले तत्काल समर्थन गरेको थियो भने यूरोपेली केही मुलुकसहित विभिन्न ५० मुलुकहरूले पनि अमेरिकी निर्णयलाई पछ्याएका थिए ।

भेनेजुयलाका राष्ट्रपति निर्वाचनबाट जनमत प्राप्त अधिकारी भएको भन्दै रूस, चीन र क्युवाले समाजवादी नेता मदुरोलाई दह्रो साथ दिएका थिए, जसका कारण मदुरो सरकारलाई आन्दोलनको बलमा सत्ताबाट हटाउने प्रतिपक्षीको चाहना विफल बनेको थियो ।

सरकार र प्रतिपक्षी दलका प्रतिनिधिहरूबीच वार्ताको वातावरण निर्माण गर्न नर्वेको ओस्लोमा भएका छलफलपछि दुवै पक्षका प्रतिनिधि औपचारिक वार्तामा सहभागि बन्न बार्बेडोस पुगेका छन् ।

सोमबार भएको वार्तापछि राष्ट्रपति मदुरोले राज्य सञ्चालित टेलिभिजन भीटिभीमार्फत गरेको सम्बोधनमा भने, ‘म निकै नै आशावादी छु । सोमबार वार्ताटोलीले करिब पाँच घण्टा छलफल गरेको छ । मलाई लाग्छ, एकपछि अर्को गर्दै हुने छलफल र रणनीतिक धैर्यबाट हामीले शान्तिको बाटो खोज्न सक्छौँ ।’

‘वार्ता टोलीले मुलुकका सम्पूर्ण हितलाई ध्यानमा राख्दै विभिन्न छ वुँदामा छलफल गरिरेको छ,’ राष्ट्रपतिले थपे । तर छलफलका ती छ बुँदा के के रहेका छन् भन्नेबारे भने उनले केही बताए ।

राष्ट्रपति मदुरोले भेनेजुयलाको सङ्कटमा अमेरिकाले प्रतिपक्षीलाई उत्तेजित पारेको आरोप लगाउँदै उनले भने, ‘यदि प्रतिपक्षीले सद्भावका साथ छलफलमा सहभागी हुने र अमेरिकी हस्तक्षेपवाद हावी नहुने हो भने म ढुक्क छु हामी सहमतिमा पुग्नेछौँ ।’

बार्बेडोसमा भइरहेको वार्ता ओस्लोमा गत मेमा भएको छलफलपछिको तेस्रो चरणको वार्ता हुनेछ । प्रतिपक्षी नेता गुएइदोले गत मङ्गलबार मदुरोसँग पुनःवार्ता गर्ने योजना नरहेको दावी गरेपनि सोमबार लामो समयसम्म दुबै पक्षका बुँदामा केन्द्रित बनेर छलफल भएको सञ्चारमाध्यमले जनाएका छन् ।


बेलायती ट्यांकरसहित समातिएका नागरिक रिहा गर्न इरानलाई भारतको आग्रह  
बेलायती ट्यांकरसहित समातिएका नागरिक रिहा गर्न इरानलाई भारतको आग्रह  

नयाँ दिल्ली । बेलायती ट्याङ्करसँगै नियन्त्रणमा लिइएका भारतीय नागरिकलाई रिहा गर्न नयाँ दिल्लीले इरानसँग आग्रह गरेको छ। इरानी सामुद्रिक गार्डले बेलायती ध्वजाबाहक ट्याङ्करलाई..

ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !
ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !

काठमाडौं । ईरानी रिभोल्युसनरी गार्डले होरमुजको खाडीबाट स्टेना इम्पेरो नामक बेलायती तेल ट्यांकर कब्जामा लिएको छ ।  ईरानले तत्काल आफ्नो तेल ट्यांकर नछोडेमा उसले गम्भीर न..

अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो
अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ। जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीहरूको संख्..

जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...
जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...

एजेन्सी । भारत आसामको काजीरंगा राष्ट्रिय पार्कमा आएको बाढीले बगाएकी एक बाघिनीले स्थानीय मानिसको घरमा शरण लिएको खबर चर्चित बनेको छ ।  भारतको बन्यजन्तु कोषका अनुसार यी ब..