उपचार गर्न ल्याइएकी बालिकाको मृत्यु भएपछि अस्पतालमा तोडफोड


नेपाल पाना प्रकाशित: २०७६-३-२४ गते
उपचार गर्न ल्याइएकी बालिकाको मृत्यु भएपछि अस्पतालमा तोडफोड

सर्लाही । उपचार गर्न ल्याइएकी बालिकाको मृत्यु भएपछि सर्लाहीको नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा गएराती तोडफोड भएको छ ।

सर्पले डसेपछि उपचारका लागि ल्याइएकी हरिवन नगरपालिका-९ का पुष्कर बुढाथोकीकी अढाई वर्षीया छोरी सम्पदा बुढाथोकीको मृत्यु भएपछि आक्रोसित आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।

तोडफोडबाट उपचार केन्द्रका उपकरणमा क्षति पुगेको छ । बालिकको मृत्युपछि तनावग्रस्त बनेको अस्पताल परिसरमा जनप्रतिनिधि र सुरक्षा अधिकारीले सम्झाइबुझाइ गरी मध्यराती मात्रै मृतकको शव आफन्तलाई बुझाएका थिए ।

नवलपुर सर्पदंश उपचार केन्द्रले भर्खर–भर्खर भेन्टिलेटर र आइसियू सञ्चालनमा ल्याएको छ । हाल निजी चिकित्सकको सहयोगमा उपचार केन्द्रले ती दुई उपकरण सञ्चालन गर्दै आएको थियो ।


आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...
आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...

बागलुङ । बाबुले चलाएको जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।  काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे ग१ज ७१८१ नम्बरको जिपका चालक सशीलाल थाप..

उपल्लो मुस्ताङमा चीनियाँ ड्रोन, खिच्नेलाई समात्नासाथ किन छाडियो ?
उपल्लो मुस्ताङमा चीनियाँ ड्रोन, खिच्नेलाई समात्नासाथ किन छाडियो ?

चराङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका– १ चराङमा  ड्रोन क्यामेरा उडाउने चीनियाँ नागरिकलाई प्रहरीले समातेपनि नागरिक उड्ययन प्राधिकरणले कुनै कारबाही नगरी छाडि..

बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु 
बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु 

बाग्लुङ । काठेखोला गाउँपालिका–१, मनाङडाँडामा बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु भएको छ ।  ग१ज ७१८१ नम्बरको जिपका चालक ससिलाल थापाले शनिबार राति ८ बजेत..

के, एसईईले नै झुन्ड्यायो १८ बर्षीय लक्ष्मीलाई ?
के, एसईईले नै झुन्ड्यायो १८ बर्षीय लक्ष्मीलाई ?

बैतडी । दोगडाकेदार गाउँपालिका–४, श्रीकेदार की १८ वर्षीया लक्ष्मी भट्ट आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।  शुक्रबार राति खाना खाएर आफ्नै कोठ..