'अमेरिकी साम्राज्यवाद'सँग ओली–दाहालको प्रेम ? हटाईयो जार्गन 


नेपालपाना प्रकाशित: २०७६-३-२५ गते
'अमेरिकी साम्राज्यवाद'सँग ओली–दाहालको प्रेम ? हटाईयो जार्गन 

काठमाडौं । हरेक कम्युनिष्ट गुट, हरेक दस्तावेज, हरेक निर्णय र हरेक नेता/कार्यकर्ता – उनीहरुको मुखमा झुण्डिने विभिन्न जार्गनहरुमध्येको एक अमेरिकी साम्राज्यवाद पनि हो । अझै सत्तारुढ (ने.क.पा.) का नेता कार्यकर्ता हकमा त यो पदावली नभई भाषणको कर्मकाण्ड नै पुरा नहुने अवस्था छ । 

तर, विगतका राजनीतिक संघर्षहरुमा सिद्धान्ततः अमेरिकाको चर्को विरोध गर्दै आएका (ने.क.पा.) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको राजनीतिक प्रतिवेदनबाट अमेरिकी साम्राज्यवाद हटाईदिएका छन् । 

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसमेतलाई सहभागी गराई ओली र प्रचण्डले प्रतिवेदनमाथि भाषिक सम्पादन सकेका छन् । सोही सम्पादनका क्रममा पार्टीका दुई अध्यक्षले अमेरिकी साम्राज्यवाद शब्दलाई काटिदिएका हुन् । अमेरिकी साम्राज्यवादको ठाउँमा विश्व साम्राज्यवाद शब्द राखिएको छ ।

तर, बदलिँदै र अस्थिर हुँदै गएको विश्व व्यवस्थामा सत्तारुढ (ने.क.पा.) ले कुन शक्तिलाई विश्व साम्राज्यवाद किटान गरेको हो भन्नेमा अन्योल उत्पन्न भएको छ । 
कम्युनिष्ट आन्दोलनमा प्रयोग गर्ने हिंसा र बलप्रयोगको सिद्धान्तलाई पनि ओली प्रचण्डले धुलीसात पारिदिएका छन् । सचिवालय स्रोतले दिएको जानकारी अनुसार प्रतिवेदनमा यसअघि राखिएको  ‘हामी शान्तिपूर्ण बाटोबाटै परिर्वतन गर्न प्रतिवद्ध छौं, तर, हाम्रो मात्रै चाहनामा भर पर्दैन ।

राष्ट्र, जनताविरोधी शक्तिले ठूलै प्रतिवाद गरे भने जनताले जसरी जगाडि बढ्न चाहन्छन्, त्यसको नेतृत्व हामीले गर्नुपर्छ’ उल्लेखित वाक्यलाई पुरै हटाईएको छ ।







'कालो दिवस' मनाए मन्त्रीबाट हटाइदिने चेतावनीपछि उपेन्द्र यादव डराए, संविधानको विरोध नगर्ने
'कालो दिवस' मनाए मन्त्रीबाट हटाइदिने चेतावनीपछि उपेन्द्र यादव डराए, संविधानको विरोध नगर्ने

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा बसेर संविधान दिवसको दिनलाई कालो दिवसको रुपमा मनाए मन्त्रि पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन्। समाजवादी पार्टीको केन..

जेलभित्र दिपेन राईलाई के भयो ? किन छाडे विप्लव समुह ? 
जेलभित्र दिपेन राईलाई के भयो ? किन छाडे विप्लव समुह ? 

इलाम । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका इलाम जिल्ला इञ्चार्ज दिपेन राई सत्ताधारी (ने.क.पा.) मा प्रवेश गरेका छन् । राईलाई प्रहरीले गत..

योगेश भट्टराईले विज्ञप्ति निकाले, सचिवालयले भन्यो–'नेपालगञ्जमा दुर्ब्यवहार भयो'
योगेश भट्टराईले विज्ञप्ति निकाले, सचिवालयले भन्यो–'नेपालगञ्जमा दुर्ब्यवहार भयो'

काठमाडौं । शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा दुव्र्यवहार भोगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजी सचिवालयमार्फत विज्ञप्ति निकालेका छन् । ..

कांग्रेसले संसद चल्न दिएन, गृहमन्त्रीले जवाफ दिएपनि बैठक अवरुद्ध 
कांग्रेसले संसद चल्न दिएन, गृहमन्त्रीले जवाफ दिएपनि बैठक अवरुद्ध 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाँके जिल्ला सभापति किरण कोइरालामाथि सत्तारुढ दलका कार्यकर्ताले आक्रमण गरेको विरोधमा आज (आइतबार) बसेको संसद बैठक अवरुद्ध पारेको..