असार ३१ गते खण्डग्रास चन्द्रग्रहण


नेपालपाना प्रकाशित: २०७६-३-२५ गते
असार ३१ गते खण्डग्रास चन्द्रग्रहण

काठमाडौं । असार ३१ गते मंगलबार आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

ग्रहणले राति १ ः ४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने समितिका अध्यक्ष प्रा।डा रामचन्द्र पोखरेलले जानकारी दिनुभयो । ३ : १५ मा ग्रहणको मध्यकाल हुनेछ । ४ : ४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने उहाँले बताउनुभयो ।

उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर हुने शास्त्रीय विश्वास छ । यी दुई राशिले ग्रहण हेर्नु हुँदैन । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्नु नहुने समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग० मा उल्लेख छ ।

कर्कट, तुला, कुम्भ र मीन राशि भएकाले भने ग्रहण हेर्न हुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । 

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

सूर्यग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर ९नौ घण्टा० अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहेका गाैतमले बताए। सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । असार ३१ गते दिउँसो ४ः  ४६ बजेदेखि बालक, वृद्ध र बिरामीलाई बाहेकलाई शास्त्रीय मान्यताअनुसार भोजन निषेध गरिएको छ ।


साउने संक्रान्ति शुरु भएसँगै महिलाहरु हरियो चुरा र मेहेन्दी लगाइन्छ किन ? यस्ताे छ धार्मिक मान्यता
साउने संक्रान्ति शुरु भएसँगै महिलाहरु हरियो चुरा र मेहेन्दी लगाइन्छ किन ? यस्ताे छ धार्मिक मान्यता

काठमाडौं । साउनमा हरियो चुरा र मेहेन्दी लगाइन्छ किन ? साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने प्रचलन छ । वनजंगल, खेतवारी मात्र नभई साउन मह..

आज गुरुपूर्णिमा मनाइँदै, किन मनाइन्छ गुरुपूर्णिमा ?, धार्मिक मान्यता के छ ?
आज गुरुपूर्णिमा मनाइँदै, किन मनाइन्छ गुरुपूर्णिमा ?, धार्मिक मान्यता के छ ?

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज ज्ञान दिने गुरुको सम्मान गरी गुरुपूर्णिमा मनाइँदैछ। ‘गुु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ उज्यालो भन्ने बुझिन्छ।..

आज यस्तो छ तपाईको भाग्य, हेर्नुस् राशिफल 
आज यस्तो छ तपाईको भाग्य, हेर्नुस् राशिफल 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यावसायिक यात्राको सम्भावना छ । ज्ञान र बुद्धिको उपयोग हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम..

पशुपतिबाट गायब पारिएका मूर्तिको एकीन संख्या नै छैन 
पशुपतिबाट गायब पारिएका मूर्तिको एकीन संख्या नै छैन 

काठमाडौं । ग्वलः अर्थात पौराणिक पाशुपत क्षेत्र । नौवटा चोक, नौवटा डबली,  नौवटा कुवा,  नौवटा धारा,  नौवटा इनार,  नौवटा शक्तिपीठ,  नौवटा क्षेत्रपाल,&nbs..