हिट गायक गायक प्रकाश सपूतले पाए अर्काे जिम्मेवारी, ‘डिएनए क्लोथिङ’ले बनायो ब्राण्ड एम्बेस्डर


नेपालपाना प्रकाशित: २०७६-३-२५ गते
हिट गायक गायक प्रकाश सपूतले पाए अर्काे जिम्मेवारी, ‘डिएनए क्लोथिङ’ले बनायो ब्राण्ड एम्बेस्डर

काठमाडौं । लोकप्रिय लोक गायक प्रकाश सपूत ‘डिएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन् । बिगत दुईबर्ष बजारमा आएको कपडाको ब्राण्ड डिएनएले बुधबार प्रकाशलाई एक कार्यक्रमका बिच एम्बेस्डरको घोषणा गरेको हो । 

एकबर्षका लागि एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागी यो ठूलो सफलता बताए । ‘मेरो लागि डिएनएसँगै जोडिनु ठूलो सफलता हो’, प्रकाशले कार्यक्रममा भने, ‘म यस ब्राण्डसँग जोडिनुको मुख्य कारण देश बिदेश छरिएर रहेका युवाहरुमाझ छिटो पुग्न सक्नुभन्ने हो ।’

डिएनएको तर्फबाट केदार प्रसाद न्यौपानेले गायक प्रकाशलाई प्रमाण पत्र प्रदान गरे । केदारले पछिल्लो समय युवापुस्ताको मनमुटुमा बस्न सफल भएकै कारण प्रकाशलाई आफ्नो ब्राण्डसँग जोडेको बताउँछन् । कार्यक्रममा गायिका शान्तिश्री परियार, तिलक बस्नेत लगायतको उपस्थिती रहेको थियो । 

गायक प्रकाश पछिल्लो समय सार्वजनिक ‘गलबन्दी’ बोलको लोकगीतका गायक तथा संगीतकार हुन् । उनको यस गीत केहिसमय बिवादमा पनि रह्यो ।

प्रकाशको ‘बोलमाया’, ‘दोहोरी ब्याटल’ लगायतका गीत सर्वाधिक रुचाइएका गीत हुन् । यी गीत युट्युवमा करोड बढी भ्युज छन् ।


अमेरिकामा मोदीलाई न्यानो स्वागत, इमरानको अपमान !
अमेरिकामा मोदीलाई न्यानो स्वागत, इमरानको अपमान !

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकामा भव्य स्वागत गरिएको छ उता, पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई फितलो स्व..

३ वर्षीया छोरीलाई विष खुवाएर बुवाले पनि गरे आत्महत्या
३ वर्षीया छोरीलाई विष खुवाएर बुवाले पनि गरे आत्महत्या

कैलाली । गौरीगंगा नगरपालिका-५ का रामबहादुर कलेलले ३ वर्षीया छोरी अनुष्कालाई सल्पास नामक बिषादी खुवाएर आफूले पनि आत्महत्या गरेका छन् । गत वैशाख १६ गते कलेलकी श्रीमती सरिता क..

मौसम: लम्बियो मौसम, एक साता झरी पर्ने सम्भावना
मौसम: लम्बियो मौसम, एक साता झरी पर्ने सम्भावना

काठमाडौं । यस वर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ ।  मनसुनको औसत समय सोमबार अर्थात् सेप्टेम्बर २३ भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभ..

माटोको ढिस्कोले पुरिएर इन्जिनियरको मृत्यु
माटोको ढिस्कोले पुरिएर इन्जिनियरको मृत्यु

पर्वत । कुस्मा नगरपालिकामा सडक विस्तारको क्रममा माटोको ढिस्को खसेर इन्जिनियरको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्गको पोखरा बाग्लुङ राजमार्ग अन्तर्गत कुस्मा नगरपालीका(७ खरेहा..