मन्त्रीहरूबीच मतभेद चुलिँदै, कतिपयको बोलचाल नै छैन


नेपाल पाना प्रकाशित: २०७६-३-२६ गते
मन्त्रीहरूबीच मतभेद चुलिँदै, कतिपयको बोलचाल नै छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका मन्त्रीहरु मतभेद बढ्दै गएको छ । 

सरकार गठन भएको डेढ बर्षको अवधिमा सरकारका मन्त्रीहरूबीच समन्वय हुन नसक्दा मतभेद चुलिँदै गएको हो । पार्टी एकता भएको १३ महिना बितिसक्दा समेत सरकारमा सहभागी पूर्व दुई पार्टीका मन्त्रीहरूबीच मन मिल्न सकेको छैन ।

दुई तिहाई बहुमत प्राप्त सरकारमा तीन जनाबाहेक २३ जना नेकपाका मन्त्री छन् । मन्त्रीहरूको कामको मूल्याङ्कन गर्नका लागि प्रधानमन्त्री कार्यालयले नम्बर दिने मापदण्ड पनि बनाएको थियो ।

तर त्यो कार्यान्वयन हुन सकेको छैन । मन्त्रीहरुको बीचमा सामूहिकता भन्दा एक्लाएक्लै सफल हुने होडका कारण परिणाम दिन नसकेको एक मन्त्री बताउँछन् ।

उनका अनुसार मन्त्रीहरूको बीचमा आपसी समन्वय भएको भए राम्रो परिणाम दिन सकिन्थ्यो, तर सरकार गठन भएदेखि नै अहिलेसम्म सामूहिक भावना देखिएको छैन । अन्तर–मन्त्रालयबीच समन्वय नहुँदा सरकारले गरेको निर्णयको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको बुझाइ छ ।

मन्त्रीपरिषद् स्रोतका अनुसार कतिपय मन्त्रीहरूको बीचमा त बोलचाल समेत नहुने अवस्था छ । प्रधानमन्त्री ओलीले अगाडि सार्नुभएको नीति र कार्यक्रमअनुसार मन्त्रीहरूले काम गर्न नसकेको निष्कर्ष नेकपाले निकालेको छ । (नेपाल समाचारपत्र दैनिकबाट


गृहकार्य नपुगेको भन्दै नेकपा सचिवालय बैठक स्थगित्
गृहकार्य नपुगेको भन्दै नेकपा सचिवालय बैठक स्थगित्

काठमाडौं । नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार गृहकार्य नपुगेको भन्दै नेकपाको आज तीन बजे बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ।  आजको बैठकले केन्द्रीय आयोगहरू..

सरकारविरुद्ध कुनै पनि बेला आन्दोलनमा आउन सक्छु: सभापति देउवा
सरकारविरुद्ध कुनै पनि बेला आन्दोलनमा आउन सक्छु: सभापति देउवा

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आफ्नो पार्टी कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्ने बताएका छन् । उनले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण..

नेकपाको सरकार पाँच वर्षसम्मै रहने  तर नेतृत्व कसको ?
नेकपाको सरकार पाँच वर्षसम्मै रहने  तर नेतृत्व कसको ?

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली ‘समझदारी’ अनुसार चल्नुपर्ने बताएका छन् । सोमबार जनकपुर विमानस्थलमा द..

सत्तारुढ (ने.क.पा.) मा फेरि एक्लिए माधव नेपाल, वरियताक्रममा झलनाथ भन्दा पनि तल
सत्तारुढ (ने.क.पा.) मा फेरि एक्लिए माधव नेपाल, वरियताक्रममा झलनाथ भन्दा पनि तल

काठमाडौं । सत्तारुढ (ने.क.पा.) का बरिष्ठ नेता माधवकुमार नेपाल पार्टीभित्र फेरि च्यापिएका छन् । आइतबार साँझ बसेको (ने.क.पा.) सचिवालय बैठकले नेपालको बरियता खोस्दै झलनाथ खनालल..