विप्लवका दुई जिल्लास्तरका नेता पक्राउ


नेपाल पाना प्रकाशित: २०७६-३-२६ गते
विप्लवका दुई जिल्लास्तरका नेता पक्राउ

नवलपरासी । विप्लव समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ । पश्चिम नवलपरासी प्रहरीले दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन् । अन्सारीलाई आज बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

दुवै आगो लगाएको सङ्गठित अपराध मुद्दामा फरार रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

रामग्राम–१० नदवा बस्ने वर्ष ५७ का अन्सारीलाई आज बिहान घरबाटै पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको उनले बताए । यसअघि विप्लव समूहकै जिल्ला सदस्य तथा उक्त समूहको विद्यार्थी सङ्गठन अनेरास्ववियु ९क्रान्तिकारी० नवलपरासीकी जिल्ला अध्यक्ष शारदा भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

२२ वर्षीया भण्डारीलाई पश्चिम नवलपरासी पहरीले सरावल गाउँपालिका–१ बासाचोकबाट पक्राउ गरेको थियो । भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान थालिएको छ । भण्डारी कपिलवस्तु शिवराज नगरपालिका–१ की स्थायी बासिन्दा हुन् ।


आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...
आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...

बागलुङ । बाबुले चलाएको जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।  काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे ग१ज ७१८१ नम्बरको जिपका चालक सशीलाल थाप..

उपल्लो मुस्ताङमा चीनियाँ ड्रोन, खिच्नेलाई समात्नासाथ किन छाडियो ?
उपल्लो मुस्ताङमा चीनियाँ ड्रोन, खिच्नेलाई समात्नासाथ किन छाडियो ?

चराङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका– १ चराङमा  ड्रोन क्यामेरा उडाउने चीनियाँ नागरिकलाई प्रहरीले समातेपनि नागरिक उड्ययन प्राधिकरणले कुनै कारबाही नगरी छाडि..

बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु 
बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु 

बाग्लुङ । काठेखोला गाउँपालिका–१, मनाङडाँडामा बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु भएको छ ।  ग१ज ७१८१ नम्बरको जिपका चालक ससिलाल थापाले शनिबार राति ८ बजेत..

के, एसईईले नै झुन्ड्यायो १८ बर्षीय लक्ष्मीलाई ?
के, एसईईले नै झुन्ड्यायो १८ बर्षीय लक्ष्मीलाई ?

बैतडी । दोगडाकेदार गाउँपालिका–४, श्रीकेदार की १८ वर्षीया लक्ष्मी भट्ट आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।  शुक्रबार राति खाना खाएर आफ्नै कोठ..