बढाएको पर्यटक भिसा शूल्क साउनबाट लागू हुने


नेपाल पाना प्रकाशित: २०७६-३-२६ गते
बढाएको पर्यटक भिसा शूल्क साउनबाट लागू हुने

काठमाडौं । सरकारले बढाएको पर्यटक भिसा शूल्क साउनबाट लागू हुने भएको छ ।

सरकारले १२ जेठमै विदेशी पर्यटकको भिसा शूल्क बढाउने निर्णय गरेको थियो । अध्यागमन विभागका अनुसार भिसा शूल्कलाई समयसापेक्ष बनाउने नीतिअनुसार भिसा शुल्क परिमार्जन गरिएको छ ।

‘पछिल्लो १० वर्षदेखि १ रुपैयाँ पनि नबढेको शूल्कमा हामीले यस पटक सामान्य परिमार्जन गरेका छौं,’ विभागका महानिर्देशक इश्वरराज पौडेलले भने, ‘भिसा शुल्कलाई समसामयिक बढाउने प्रक्रियाको थालनी मात्र भएको हो ।’ पछिल्लो सयम सरकारले भिसा शूल्क, भिसाका प्रकार, अवधि तथा अन्य विषयलाई समानतामा आधारित बनाउने नीति लिएको छ ।


‘अब हामी बहकिनु हुन्‍न, कडा कदम चाल्ने हो’
‘अब हामी बहकिनु हुन्‍न, कडा कदम चाल्ने हो’

काठमाडौं । सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसदको नयाँ भवनको शिलान्यास कार्य्रकममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकारले अब कडा कदम चाल्ने बताएका..

‘डेंगु नियन्त्रणमा चुनौती, आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन’
‘डेंगु नियन्त्रणमा चुनौती, आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन’

काठमाडौं । बुधबार संसदमा विशेष समय लिएर बोल्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएको छ । उ..

बिरामी बोकेको जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता
बिरामी बोकेको जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

संखुवावासभा । खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्। धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १० बजे क..

बर्षा नरोकिएसम्म हिमाल आरोहण नगराउन पर्यटन विभागको आग्रह 
बर्षा नरोकिएसम्म हिमाल आरोहण नगराउन पर्यटन विभागको आग्रह 

काठमाडौं । मौसम प्रतिकुल भएकाले बर्षा रोकिएपछि मात्रै आरोहीहरुलाई हिमाल आरोहण गराउन पर्यटन विभागले आग्रह गरेको छ ।  मौसम पूर्वानुमान महाशाखाले निरन्तर परिरहेको झरी अझै..