जगरनाथपुको नहरमा डुबेर ६ वर्षीय बालकको मृत्यु


नेपाल पाना प्रकाशित: २०७६-३-२६ गते
जगरनाथपुको नहरमा डुबेर ६ वर्षीय बालकको मृत्यु

वीरगञ्ज । नहरमा डुबेर ६ वर्षीय बालकको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुको नहरमा डुबेर ६ वर्षीय बालकको ज्यान गएको हो ।

स्थानीय दिपेन्द्र साह तुराहाका ६ वर्षीय छोरा रोशन साह तुराहाको घर नजिकैको नहरमा डुबेर ज्यान गएको पर्सा प्रहरीले जनाएको छ । शौच गर्न जाने क्रममा बालक तुराहा चिप्लिएर नहरमा डुबेका थिए ।

स्थानीयले बालकलाई उद्धार गरेर उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । बालकको शव नारायणी अस्पतालमा पोष्टमार्टम पश्चात परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


तमोर नदीमा बगेर २ जना बेपत्ता
तमोर नदीमा बगेर २ जना बेपत्ता

काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका(५ सुभाङका २ जना किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन् । माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्य..

आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...
आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...

बागलुङ । बाबुले चलाएको जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।  काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे ग१ज ७१८१ नम्बरको जिपका चालक सशीलाल थाप..

उपल्लो मुस्ताङमा चीनियाँ ड्रोन, खिच्नेलाई समात्नासाथ किन छाडियो ?
उपल्लो मुस्ताङमा चीनियाँ ड्रोन, खिच्नेलाई समात्नासाथ किन छाडियो ?

चराङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका– १ चराङमा  ड्रोन क्यामेरा उडाउने चीनियाँ नागरिकलाई प्रहरीले समातेपनि नागरिक उड्ययन प्राधिकरणले कुनै कारबाही नगरी छाडि..

बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु 
बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु 

बाग्लुङ । काठेखोला गाउँपालिका–१, मनाङडाँडामा बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु भएको छ ।  ग१ज ७१८१ नम्बरको जिपका चालक ससिलाल थापाले शनिबार राति ८ बजेत..