दिउँसो सुत्ने बानीले हाम्रो स्वास्थ्यमा ठूलो समस्या निम्त्याउन सक्छ, सावधान !


नेपाल पाना प्रकाशित: २०७६-३-२६ गते
दिउँसो सुत्ने बानीले हाम्रो स्वास्थ्यमा ठूलो समस्या निम्त्याउन सक्छ, सावधान !

काठमाडौं । निन्द्रा हाम्रो शरीरमा फूर्ति र ताजापन ल्याउनका लागि निकै महत्वपूर्ण हुन्छ । हामीले कम्तिमा पनि दिनमा ७ देखि ८ घण्टा सुत्नु अति आवश्यक हुन्छ । कम सुत्ने मानिसमा अल्छिपना, थकान, बढी नकारात्मक सोचाइ, मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने, छिट्टै कुरा बिर्सिने जस्ता लक्षणहरु देखा पर्न गरेका हुन्छन् ।

कम सुत्ने मानिसहरुमा मानसिक तनाव, निराशा तथा डप्रेसनको समस्या तथा विभिन्न रोगहरु देखा पर्न थाल्छ । अचेल हामीहरु हाम्रो व्यस्त जीवनशैलीका कारणले समयमा सुत्नेसम्मको फुर्सद पाउदैनौं । दिन रात नभनी काम गरेर तथा मोबाइलको बढी प्रयोग गर्नाले हामी समयमा सुत्न सक्दैनौँ । यसले हाम्रो दिनचर्यामा तत्काल समस्या नदेखाएपनि पछि गएर ठूलो समस्या निम्त्याउने गर्छ ।

राति राम्ररी निद्रा नपरेको खण्डमा हामीहरु फुर्सद मिल्यो भने दिउँसो अलिकति समय पौने बितिक्कै सुत्ने गर्छौं । तर, यसरी दिउँसो सुत्ने बानी हाम्रो लागि नराम्रो मानिन्छ । यस्तो बानीले हाम्रो स्वास्थ्यमा ठूलो समस्या निम्त्याउन सक्छ ।

दिउँसो खाना खाएर सुत्ने बानीले हाम्रो पाचन प्रक्रिया गडबड हुन गइ हाम्रो तौलसमेत बढ्ने हुन्छ । साथै, हाम्रो शरीरको बीएमआई चाहिनेभन्दा ३७ भन्दा धेरै भएर लिभर क्यान्सरको खतरा २५ प्रतिशतभन्दा बढी हुन जान्छ ।

दिउँसोको समयमा एक घन्टाभन्दा बढी सुत्ने गर्दा टाइप टु डायबिटिजको खतरा ८५ प्रतिशतभन्दा धेरै बढ्न जान्छ । यसका साथै, मुटुसम्बन्धी रोग, ब्रेन स्ट्रोक र मधुमेहको खतरा बढ्छ । दिनभरि सुत्दा रातमा हामीलाई निद्रा लाग्दैन । रातमा निद्रा पूरा नहुँदा हामीलाई भोक धेरै लाग्छ र हाम्रो रगतमा सुगरको मात्रा असामान्य हुँदै जान्छ र हामीलाई रोग लग्न थाल्छ ।

मधुमेह वा मोटोपनका कारण लिभर क्यान्सर हुने सम्भावना बढ्दै जान्छ । निद्राको कमीले आँखा तल कालो दाग, अनुहारमा डण्डीफोर, चाया, पोतो तथा अनेक दागहरु बढ्न थाल्छ । साथै नियमित निन्द्रा नपुग्ने कारणले गर्दा हामीमा विभिन्न स्वास्थ्य समस्या, छाला र पेटसम्बन्धी रोगहरु समेत देखा पर्न थाल्छ । त्यसैले, चिकित्सकहरुले हामीलाई राति समयमै नै सुत्न सुझाब दिने गर्छन् ।







कंगोमा ईबोलाले १७०० को ज्यान लियो
कंगोमा ईबोलाले १७०० को ज्यान लियो

कंगो । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पछिल्ला दिनमा प्राणघातक इबोला भाइरस व्यापक रुपमा फैलिएपछि उपचार, नियन्त्रण र निगरानी व्यापक बनाइएको छ ।  अति संक्र..

बाढी र डुबान प्रभावित जिल्लामा सरुवा रोगको जोखिम उच्च !
बाढी र डुबान प्रभावित जिल्लामा सरुवा रोगको जोखिम उच्च !

काठमाडौं । दुई सातायता निरन्तर परेको बर्खेझरीका कारण आएको बाढी र डुबानबाट प्रभावित अधिकांश क्षेत्रमा विभिन्न सरुवा रोगको प्रकोप देखिन थालेको छ ।  सर्पदंशका साथै झाडापख..

होसियार ! अत्याधिक चिनीयुक्त खानेकुरा बेचेर बच्चालाई रोगी बनाउँदैछन् ब्यापारी 
होसियार ! अत्याधिक चिनीयुक्त खानेकुरा बेचेर बच्चालाई रोगी बनाउँदैछन् ब्यापारी 

कोपेनहेगेन । बालबालिकाका लागि व्यवसायीकरूपमा तयार पारिएका खाद्य पदार्थमा चिनीको मात्रा अत्यधिक रहेको पाइएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ। खाद्य पदार्थमा समा..

उपचार गर्न ल्याइएकी बालिकाको मृत्यु भएपछि अस्पतालमा तोडफोड
उपचार गर्न ल्याइएकी बालिकाको मृत्यु भएपछि अस्पतालमा तोडफोड

सर्लाही । उपचार गर्न ल्याइएकी बालिकाको मृत्यु भएपछि सर्लाहीको नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा गएराती तोडफोड भएको छ । सर्पले डसेपछि उपचारका लागि ल्याइएकी हरिवन नगरपाल..