रेल एकआपसमा जुध्यो: १० जनाको मृत्यु, ६० घाइते


नेपाल पाना प्रकाशित: २०७६-३-२६ गते
रेल एकआपसमा जुध्यो: १० जनाको मृत्यु, ६० घाइते

इस्लामाबाद । पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् । पाकिस्तानी रेल अधिकारीहरुका अनुसार पंजाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए ।

प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटो ९क्रसिङ० मा रोकिराखेको सामान ढुवानी गर्ने रेल एकआपसमा जुधेका थिए । स्थानीय प्रहरी अधिकृत ओमार सलामतले दुर्घटनाका बारेमा प्रतिक्रिया दिँदै दुर्घटनास्थलबाट कम्तीमा दश जनाको शव बाहिर निकालिएको र ६६ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको छ । सलामतले घाइतेमध्ये चार जनाको अवस्था अत्यन्त गम्भीर रहेको पनि बताए । पाकिस्तानमा रेल दुर्घटना बेलाबखत भइरहन्छन् । भ्रष्टाचार, अव्यवस्था र लगानीको अभावका कारण दशकौंदेखि पाकिस्तानी रेलसेवा रुग्ण अवस्थामा पुगेको छ ।

पाकिस्तानी रेलमन्त्री शेख रसिद अहमदले घटनाको छानबिन गर्न अनुसन्धान टोली गठन गरिएको जानकारी दिएका छन् । गत जुनमा पनि दक्षिणी सिन्ध प्रान्तमा दुई वटा रेल जुधेर तीन जनाको मृत्यु भएको थियो । रासस







ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 
ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 

काठमाडौं । ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानको सिन्ध उपत्यकामा हिन्दु शिक्षकमाथि मुसलमानहरुले बर्बर आक्रमण गरेका छन् । स्थानीय विद्यालयका प्रधानाध्यापक समेत रहे..

साउदी अरेबियामा भएको ड्रोन हमलापछि कच्चा तेलको भाउ बढ्यो
साउदी अरेबियामा भएको ड्रोन हमलापछि कच्चा तेलको भाउ बढ्यो

काठमाडौं । यमनका हुथी बिद्रोहीहरुले साउदी अरबको तेल भण्डारमा आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ ।  बीबीसीका अनुसार यो हमलापछि कच्चा तेलको भाउ..

एअर इन्डियालाई एक बर्षमा ८४ अर्ब घाटा, नयाँ एअरलाइन्स नै खोल्न पुग्ने रकम घाटा भएको दाबी 
एअर इन्डियालाई एक बर्षमा ८४ अर्ब घाटा, नयाँ एअरलाइन्स नै खोल्न पुग्ने रकम घाटा भएको दाबी 

काठमाडौं । भारतीय ध्वजावाहक सरकारी वायुसेवा एअर इन्डियाले १ बर्षको अवधिमा ८४ अर्ब भारतीय रुपैयाँ घाटा ब्यहोरेको छ ।  अत्याधिक सञ्चालन खर्च र विदेशी मुद्रा विनिमयदरमा भ..

भारतमा पर्यटकसहित ६१ जना सवार डुङ्गा डुब्दा ११ को मृत्यु, दर्जनौं बेपत्ता
भारतमा पर्यटकसहित ६१ जना सवार डुङ्गा डुब्दा ११ को मृत्यु, दर्जनौं बेपत्ता

आन्ध्रप्रदेश (भारत) । आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लामा ५० जना पर्यटकसहित ६१ जना सवार डुङ्गा डुब्दा कम्तिमा ११ जनाको मृत्यु भएको छ । दर्जनौं बेपत्ता भएको स्थानीय सञ्चारम..