विश्वकप क्रिकेट : साविक विजेता अस्ट्रेलियालाई पराजित गर्दै इङ्ल्याण्ड फाईनलमा


नेपालपाना प्रकाशित: २०७६-३-२७ गते
विश्वकप क्रिकेट : साविक विजेता अस्ट्रेलियालाई पराजित गर्दै इङ्ल्याण्ड फाईनलमा

काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत बिहिबार भएको अन्तिम सेमिफाईनल खेलमा अस्ट्रेलियालाई पराजित गर्दै इङ्ग्याण्ड फाईनल प्रवेश गरेको छ । अब ईङ्ल्याण्डले उपाधीका लागि न्यूजिल्याण्डसँग प्रतिष्पर्धा गर्नेछ । 

घरेलु टोली इङ्ल्यान्डले अस्ट्रेलियालाई ८ विकेटले हराएको हो । हालसम्म पाँचपटक विश्वकप उपाधी जितेको अस्ट्रेलियाले पहिलो ईनिङमा ब्याटिङ गर्दै ४९ ओभरमा अलआउट २२३ रन बनाएको थियो । तर जवाफी ब्याटिङ थालेको इंग्ल्याण्डले ३२ ओभरमै २ विकेट गुमाउँदै २२६ रन बनायो । 

पछिल्लो जीतसँगै इङ्ल्यान्डको टिम २७ वर्षपछि फाइनलमा पुगेको हो । इङल्याण्डले अस्ट्रेलियामाथि कायम गरेको पछिल्लो जीत १९७५ को विश्वकपको सेमिफाइनलमा ब्यहोरेको हारको बदला पनि हो।इङ्लिस टोली चौथो पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो।

योसँगै वान डे विश्वकप क्रिकेटको उपाधि पनि नयाँ टिमले लैजाने पक्का भएको छ।  यसअघि बलियो टोली भारतमाथि जित निकाल्दै किवी टोली न्युजिल्यान्ड फाइनलमा पुगिसकेको छ।

उसले पछिल्लो पटक सन् १९९२ भएको फाइनल भिडन्तमा पाकिस्तानसँग पराजित भएको थियो। अब उपाधि भिडन्त १४ जुलाईमा लर्ड्सको मैदानमा न्युजिल्यान्डविरूद्ध हुनेछ। 

न्युजिल्यान्डको टिम लगातार दोस्रो पटक फाइनलमा पुगेको छ। पछिल्लो पटकको उपाधि भिडन्तमा उसले अस्ट्रेलियासँग हार भोगेको थियो। उसले पनि अहिलेसम्म एउटा उपाधि जितेको छैन। यसले पहिलो पटक विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन पाइनेछ।  

५ पटकको विजेता अस्ट्रेलिया पहिलो पटक सेमिफाइनलमा हारेको हो। यसअघि उसले सात पटक सेमिफाइनल म्याच जितिसकेको छ। अहिलेसम्मका १२ वटा विश्वकपमा योसहितत पाँच पटक अस्ट्रेलियाले विश्ववकपको उपाधि भिडन्त गर्ने छैन। 
 







विश्वकप एसिया छनोटः नेपालको खराब सुरुवात, कतारसँग स्तब्ध
विश्वकप एसिया छनोटः नेपालको खराब सुरुवात, कतारसँग स्तब्ध

काठमाडौं– सिंगापुरमा जारी आइसिसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको हो। आज भएको कत..

पाकिस्तानी खेलाडीलाई एक मुक्कामै ढाले नेपालका सुशीलले, थाइल्याण्डमा देखियो नेपालीको असली तागत
पाकिस्तानी खेलाडीलाई एक मुक्कामै ढाले नेपालका सुशीलले, थाइल्याण्डमा देखियो नेपालीको असली तागत

काठमाडौं– नेपालका सुशील थापाले पाकिस्तानी खेलाडी इर्दलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका छन्।  थाइल्याण्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता..

डि लाइट: प्रशिक्षक सार्रीका कारण युभेन्टस आएँ
डि लाइट: प्रशिक्षक सार्रीका कारण युभेन्टस आएँ

काठमाडौं । डच डिफेन्डर माथियास डि लाइटले युभेन्टसमा आबद्ध हुनुको प्रमुख कारण प्रशिक्षक माउरिजियो सार्री भएको बताएका छन् । १९ वर्षे सेन्टर ब्याक डि लाइट बिहीबार आधिकारिक रुप..

विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली मलेसियाबाट सिंगापुर जाँदै
विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली मलेसियाबाट सिंगापुर जाँदै

काठमाडौं । आगामी बर्ष अष्ट्रेलिया आयोजना हुने टी–२० विश्वकपका लागि एसिया छनोट प्रतिष्पर्धामा भाग लिन नेपाली टोली आज मलेसियाबाट सिंगापुर जाँदैछ ।  नेपाली राष्ट्रि..