पहिरोले घर भत्कँदा बनेपामा २ जनाको मृत्यु


नेपाल पाना प्रकाशित: २०७६-३-२७ गते
पहिरोले घर भत्कँदा बनेपामा २ जनाको मृत्यु

काभ्रे । पहिरोले घर भत्कँदा २ जनाको मृत्यु भएको छ । बनेपा नगरपालिका-३ चुनातालमा अविरल वर्षाका कारण रामप्रसाद दंगालको घर माथिबाट आएको पहिरोले घर भत्किँदा उनकी श्रीमती गोमा दंगाल र नातिनी ७ वर्षिय सुहावी दंगालको मृत्यु भएको हो ।

घर भत्किँदा रामप्रसादकी बुहारी सुशीला र ३ महिनाकी नातिनी अनुष्का घाइते भएकी छिन् । उनीहरुको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै चौरी देउराली-४ छेडामा गएको पहिरोले दिपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागाईंको घर पुरिएको छ ।

मंगलटार, कटुन्जेलगायतका-४ स्थानमा झरेको पहिरोका कारण यातायात सेवा ठप्प भएको छ । अबिरल वर्षाका कारण काभ्रेको वनेपासहितका ग्रामीण बस्ती डुवानमा परेको छ । बनेपा बजार जलमग्न हुँदा यातायात सञ्चालनमा समस्या भएको छ । 

काभ्रेको पनौती-ढुंगखर्क यातायात, बिपी राजमार्ग, काभ्रेको कोशीपारी चल्ने यातायात, महाभारत, खानिखोलालगायतको स्थानमा यातायातको सेवा अबरुद्ध भएको छ । वर्षाका कारण रोशी खोला, भोटेकोशी तथा इन्द्रवती नदीमा बाढी आएको छ ।


हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !
हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !

काठमाडौं । वन्य जन्तुहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो । विभिन्न देशहरुले वन्य जन्तुको संरक्षणको लागि क्षेत्रहरु छुटाएका छन् । त्यस्तै उत्तर बंगालको वन क्षेत्रमा पनि वन..

उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्त
उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्त

काठमाडौं । न्याय परिषदले उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई सेवाबाट बर्खास्त गरेको छ । गोर्खा ब्रुअरीको कर विवादसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेर आदेश गरेको..

दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित २ जना पक्राउ
दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित २ जना पक्राउ

काठमाडौं । पाटेबाघको छालासहित २  जना काठमाण्डौ महानगरपालिका-२७ स्थित ज्याठाबाट पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले धादिङ सिद्धलेख गाउँपालिका-४ घ..

जापानको निमन्त्रणामा भाग लिन राष्ट्रपति भण्डारी जादैँ
जापानको निमन्त्रणामा भाग लिन राष्ट्रपति भण्डारी जादैँ

काठमाडौं । जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी जापान जाने भएकी छिन् । जापान सरकारको मैत्रीपूर्ण निमन..