कार्यक्रम स्थलबाटै लखेटिए मन्त्री पण्डित  


नेपाल पाना प्रकाशित: २०७६-३-२७ गते
कार्यक्रम स्थलबाटै लखेटिए मन्त्री पण्डित  

काठमाडौं । शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलबाटै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित लखेटिएका छन् । आदिवासी जनजाति युवा विद्यार्थीले मन्त्री पण्डितमाथि दुर्व्यवहार गरेका हुन् ।

सार्वजनिक कार्यक्रमस्थलमै पसेर युवाहरुको एक समूहले मन्त्री पण्डितलाई कार्यक्रमस्थलबाटै धपाएका हुन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठक डाकिएको थियो । मन्त्री पण्डित सो बैठकको अध्यक्षता गर्नका लागि कार्यक्रमस्थल पुगेका थिए ।

बैठक चलिरहेका बेला बाहिर केही युवाहरु कालोझण्डा लिएर प्रदर्शनमा उत्रिए । लालबाबु पण्डित राजीनामा दे, लोकसेवाको विज्ञापन खारेज गर लगायतका नारा लगाउँदै ती युवाहरुले बैठकस्थलभित्रै प्रवेश गरेर होहल्ला गर्न थाले ।

प्रत्यक्षदर्शीका अनुसार बैठकसमेत भाँडिएर स्थिति नियन्त्रण बाहिर जान थालेपछि अंगरक्षकले मन्त्री पण्डितलाई भीडबाट सकुशल जोगाएर गाडी चढाई मन्त्री क्वार्टरतर्फ लगेको बताइएको छ ।


‘अब अमेरिका र रुसका राष्ट्रपति नेपाल भ्रमणमा आउनुहुन्छ’
‘अब अमेरिका र रुसका राष्ट्रपति नेपाल भ्रमणमा आउनुहुन्छ’

काठमाडौं । नेकपाका सचिवालय सदस्य तथा संगठन विभागका प्रमुख वामदेव गौतमले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय नेपाल भ्रमण पूर्ण रुपमा सफल भएको पनि दाबी गरेका छन् ।&nb..

वामदेव गौतमले गरे यस्तो खुलासा, नेकपामा आयो नयाँ तरंग
वामदेव गौतमले गरे यस्तो खुलासा, नेकपामा आयो नयाँ तरंग

काठमाडौं । नेकपाका सचिवालय सदस्य तथा संगठन विभागका प्रमुख वामदेव गौतमले पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार सञ्चालनबारे आलोपालो..

‘सांसद साहलाई षडयन्त्रपुर्वक झुठा मुद्दा लगाएको छ’, रिहाइको माग गर्दै जनकपुरमा चक्काजाम
‘सांसद साहलाई षडयन्त्रपुर्वक झुठा मुद्दा लगाएको छ’, रिहाइको माग गर्दै जनकपुरमा चक्काजाम

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल९राजपा० का तर्फबाट सर्लाह क्षेत्र न‍.१ बाट निर्वाचित सांसद प्रमोद कुमार साहको रिहाईको माग गर्दै जनकपुरमा आन्दोलन सुरु भएको छ । जन..

यस कारण राजपाका सांसदलाई ४ दिन हिरासतमा राख्न अदालतले दिए अनुमति 
यस कारण राजपाका सांसदलाई ४ दिन हिरासतमा राख्न अदालतले दिए अनुमति 

जनकपुर । प्रहरी प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई ४ दिन हिरासतमा राखेर भएकाे छ । विमान तोडफोडमा संलग्न साहलाई अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्..