वर्षाको असर काठमाडौंमा, ३ जनाको मृत्यु


नेपाल पाना प्रकाशित: २०७६-३-२७ गते
वर्षाको असर काठमाडौंमा, ३ जनाको मृत्यु

काठमाडौं । अविरल बर्षापछि काठमाडौंको मुलपानीमा पहिरो खस्दा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा बारा स्थायी घर भइ कागेश्वरी मनहरा नगरपालिका मुलपानीमा वस्दै आएका नतु यादव, शर्मिला यादव र कुन्दन यादव रहेका छन् । उनीहरु सबै एकै परिवारका सदस्य हुन भने कुन्दन यादव १० बर्षको रहेको पनि प्रहरीले जनाएको छ ।

पुरिएका तीनै जनाको शव निकाल्न स्काभेटरको प्रयोग गरिएको पनि प्रहरीले जनाएको छ । बिहीबारदेखिको निरन्तरको बर्षाले काठमाडौं उपत्यका भएर बग्ने नदीहरुमा पानीको वहाव उच्च भएको छ भने धेरै स्थानहरु जलमग्न बनेका छन् ।

कतिपय स्थानमा स्थानीयको घरघर भित्र पानी पसेको छ भने ढल थुनिदा धेरै स्थानहरु जलमग्न बनेका छन् । भारी बर्षाकै कारण काठमाडौंको बिभिन्न स्थानमा यातायात सेवा समेत प्रभावित बनेका छन् ।


तमोर नदीमा बगेर २ जना बेपत्ता
तमोर नदीमा बगेर २ जना बेपत्ता

काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका(५ सुभाङका २ जना किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन् । माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्य..

आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...
आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...

बागलुङ । बाबुले चलाएको जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।  काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे ग१ज ७१८१ नम्बरको जिपका चालक सशीलाल थाप..

उपल्लो मुस्ताङमा चीनियाँ ड्रोन, खिच्नेलाई समात्नासाथ किन छाडियो ?
उपल्लो मुस्ताङमा चीनियाँ ड्रोन, खिच्नेलाई समात्नासाथ किन छाडियो ?

चराङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका– १ चराङमा  ड्रोन क्यामेरा उडाउने चीनियाँ नागरिकलाई प्रहरीले समातेपनि नागरिक उड्ययन प्राधिकरणले कुनै कारबाही नगरी छाडि..

बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु 
बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु 

बाग्लुङ । काठेखोला गाउँपालिका–१, मनाङडाँडामा बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु भएको छ ।  ग१ज ७१८१ नम्बरको जिपका चालक ससिलाल थापाले शनिबार राति ८ बजेत..