त्रिशुलीमा ट्रक खस्यो, सहचालक बेपत्ता, चालक घाईते


नेपालपाना प्रकाशित: २०७६-३-२८ गते
त्रिशुलीमा ट्रक खस्यो, सहचालक बेपत्ता, चालक घाईते

काठमाडौं । रुपन्देहीको भैरहवाबाट दाना बोकेर काठमाडौं जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक गएराति करिब साढे १ बजे त्रिशूली नदीमा खसेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका(५ नाग्दी खोलाबाट सो ट्रक त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा परी ट्रकका सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएका छन् ।

घाईते भएका ट्रक चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगरको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । 

दुर्घटनामा परेको ट्रक पुरै नदीमा डुबेको र लगातार बाढी आएका कारण उद्दारमा समस्या भएको प्रहरीले जानकारी दिएको छ ।


बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित
बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित

जुबा । दक्षिणी सुुडानमा आएको बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित भएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित भएका हुन् । ना..

नेपाललाई म्यान्मारले दियो बुद्धका ३० मूर्ति
नेपाललाई म्यान्मारले दियो बुद्धका ३० मूर्ति

म्यान्मार । यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको छ । प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्र..

आजकाे मौसम: देशभर बढ्यो चिसो, हिमपात र वर्षा हुने 
आजकाे मौसम: देशभर बढ्यो चिसो, हिमपात र वर्षा हुने 

काठमाडौं । पश्चिमी वायुको प्रभावले वायुको प्रभावले आज देशका उच्च पहाडी भू-भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानु..

मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु
मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु

काठमाडौं । अफगानस्तान एक मस्जिदमा बम बिस्फोट हुँदा ६२ जनाको ज्यान गएको छ । शुक्रबार नमाज पढिरहेका बेला मस्जितमा बम बिस्फोट भएको हो । अफगानी अधिकारीहरुका अनुसार पूर्वी नानगह..