भीषण बर्षापछिको बाढीपहिरोमा परि १९ जनाको मृत्यु, ८ जना बेपत्ता 


नेपालपाना प्रकाशित: २०७६-३-२८ गते
भीषण बर्षापछिको बाढीपहिरोमा परि १९ जनाको मृत्यु, ८ जना बेपत्ता 

काठमाडौं । बिहिबार रातीदेखि लगातार परेको बर्खेझरीका कारण आएको बाढी र पहिरोमा परि १९ जनाको मृत्यु भएको छ । विभिन्न स्थानबाट ८ जना बेपत्ता भएका छन् । 

रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर, झापा र पर्सामा गरी १९ जनाले जनाले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । बाढी र पहिरोले लपेट्दा ७ जना घाईते भएका र ४ जनाको उद्दार गरिएको छ । 

अहिले बाढी पहिरोग्रस्त क्षेत्रमा नजिकैको प्रहरी कार्यालयबाट खोज एवं उद्दारकार्य जारी रहेको प्रहरीले जनाएको छ । मुलुकभर पानी पर्न नरोकिएको र अझै दुई दिनसम्म पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तो छ क्षतिको विवरण :

बनेपा–३, नालामा घरमाथि पहिरो खस्दा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगालले ज्यान गुमाएका छन् भने दुई जना घाइते छन् । रामेछापमा पहिरोले पुर्दा रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ, एक जना घाइते छन् ।

पानीको भेल घरभित्र पस्दा गारो भत्किएर भोजपुरस्थित रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको छ। 

ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । खोटाङमा ३ जना बेपत्ता रहेका पनि जनाइएको छ ।

पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सिंग्याही खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरिरहेका उनलाई बाढीले बगाएको प्रहरीले जनाएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका – ३ मा महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको मृत्यु भएको छ ।

दम्कीबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

काठमाडौंको मुलपानीमा पनि पहिरोले पुरिएर एकैपरिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् ।

निरन्तरको वर्षाका कारण ललितपुरको वाग्मती गाउँपालिका–२ माल्टामा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ । पञ्चलाल जिम्माका घर पहिरोमा पुरिँदा घरभित्र रहेका दुई छोरामध्ये ११ वर्षीय सरोज जिम्माको मृत्यु भएको हो ।

घर पुरिनासाथ स्थानीयवासीले तत्काल उद्धार गर्दा एक जना सकुशल भेटिएको र एक जनाको मृत्यु भइसकेको छ ।


आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...
आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...

बागलुङ । बाबुले चलाएको जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।  काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे ग१ज ७१८१ नम्बरको जिपका चालक सशीलाल थाप..

उपल्लो मुस्ताङमा चीनियाँ ड्रोन, खिच्नेलाई समात्नासाथ किन छाडियो ?
उपल्लो मुस्ताङमा चीनियाँ ड्रोन, खिच्नेलाई समात्नासाथ किन छाडियो ?

चराङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका– १ चराङमा  ड्रोन क्यामेरा उडाउने चीनियाँ नागरिकलाई प्रहरीले समातेपनि नागरिक उड्ययन प्राधिकरणले कुनै कारबाही नगरी छाडि..

बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु 
बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु 

बाग्लुङ । काठेखोला गाउँपालिका–१, मनाङडाँडामा बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु भएको छ ।  ग१ज ७१८१ नम्बरको जिपका चालक ससिलाल थापाले शनिबार राति ८ बजेत..

के, एसईईले नै झुन्ड्यायो १८ बर्षीय लक्ष्मीलाई ?
के, एसईईले नै झुन्ड्यायो १८ बर्षीय लक्ष्मीलाई ?

बैतडी । दोगडाकेदार गाउँपालिका–४, श्रीकेदार की १८ वर्षीया लक्ष्मी भट्ट आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।  शुक्रबार राति खाना खाएर आफ्नै कोठ..