पाकिस्तानका विदेशमन्त्री लण्डनमा 'नाङ्गिए', प्रेस स्वतन्त्रता हनन गरेको भन्दै बहिष्कार र विरोध !


नेपालपाना प्रकाशित: २०७६-३-२८ गते
पाकिस्तानका विदेशमन्त्री लण्डनमा 'नाङ्गिए', प्रेस स्वतन्त्रता हनन गरेको भन्दै बहिष्कार र विरोध !

बेलायत । पाकिस्तानका विदेशमन्त्री महमुद कुरैसीले लण्डनमा आयोजित एक पत्रकार सम्मेलनमा निकै लज्जास्पद स्थितीको सामना गर्नुपरेको छ । 

कुरैसी जब प्रेस स्वतन्त्रताबारे आयोजित सो सम्मेलनमा पुगे, त्यतिखेर त्यहाँका सबै कुर्सीहरु खाली थिए । मिडियासँग सम्बाद गर्ने मनशायले पुगेका पाकिस्तानी विदेशमन्त्री कुरैसीले पत्रकारहरुको बहिष्कार र विरोधको सामना गर्नुप-यो ।

पत्रकार सम्मेलनका क्रममा कुरैसी मञ्चमा बसिरहेका थिए, तर पत्रकारहरुले पाकिस्तानमा प्रेस स्वतन्त्रताको विषयलाई लिएर उनलाई कठघरामा खडा गरिदिए र जमेर कुरैसीलाई प्रेस स्वतन्त्रताको पाठ सिकाईदिए ।

पाकिस्तानमा मिडियामाथि लगाईएको सेन्सरसीपबारे कुरैसीसँग निकै धेरै सवाल सोधिएको छ । जेलमा रहेका पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जर्दारीको अन्तर्वार्ता प्रकाशित गरेपछि त्यहाँको ईलेक्ट्रोनिक मीडिया नियामक संस्थाले तीनवटा निजी टेलिभिजन च्यानलको प्रसारण नै रोकिदिएको थियो ।

कुरैसीसँग क्यानडाका सामाजिक सञ्जाल अभियन्ता एवं पत्रकार एजरा लेबेन्टले निकै तिखो आलोचना गरेका छन् । कुरैसीले आफ्नो ट्वीटर एकाउन्ट बन्द गराईदिएको उनको आरोप छ । 

पाकिस्तानी विदेशमन्त्रीसँग भड्किएका पत्रकार लेबेन्टले लेखेका छन्–"पाकिस्तानले म माथि प्रतिबन्ध लगाएको छ । मेरो क्यानडामा ट्वीटर एकाउन्ट छ, तर पाकिस्तान सरकारले ईश्वरनिन्दाको अभियोग लगाउँदै मेरो ट्वीटर एकाउन्ट बन्द गराईदिएको छ । के तपाइँ बताउन सक्नुहुन्छ कि पाकिस्तानको ईस्लामिक सर्वोच्चताले कसरी क्यानडामा मैले गरिरहेको पत्रकारिताको स्वतन्त्रतामा कैँची चलाउन सक्छ ? तपाइँलाई लाज लाग्नुपर्छ । क्यानडामा मलाई चुपचाप बस्न बाध्य पार्ने तपाइँ को हो ? तपाइँलाई अभिव्यक्ति स्वतन्त्रता पटक्कै मन परिरहेको छैन ।"

पाकिस्तानका पत्रकार मुनिजे जहाँगिरले यस घटनाको भिडियो शेयर गरेका छन् । सो भिडियोमा लेबेन्टले प्रेस र अभिव्यक्तिमाथि सेन्सर लगाउने यस्ता ठगहरुलाई आमन्त्रण गर्ने आयोजकले लाज मान्नुपर्ने उल्लेख गरेका छन् । अभिव्यक्ति स्वतन्त्रताबारे पाकिस्तानी विदेशमन्त्री कुरैसीको दोहोरो चरित्र प्रष्ट देखिएको पनि उनले बताएका छन् । 


पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जर्दारी, जो अहिले जेलमा छन् ।

सो भिडियो हेरेपछि पाकिस्तानी विदेशमन्त्री कुरैसीले भने–"मलाई विश्वास गर्नुस, मीडियालाई नियन्त्रण गर्नेबारे कुनै सवाल नै छैन, मीडियामाथि सेन्सरसीप लगाउने समय अन्त्य भईसकेको छ, सामाजिक सञ्जालमार्फत तपाईँहरु आफुलाई लागेको कुरा लेख्न र बोल्न सक्नुहुन्छ ।"

पत्रकारहरुले कडा सवाल सोधेपछि आत्तिएका कुरैसीले आफ्नो बचाउ गर्दै सबैको भावनाको सम्मान गर्न उल्टै पत्रकारहरुलाई अनुरोध गरे । तपाइँहरु कसरी कुरा गर्दै हुनुहुन्छ ? के यो सही तरिका हो ? 

मन्त्री कुरैसीले क्यानडेली पत्रकारको ट्वीटर खाता आफुले बन्द नगराएको पनि दाबी गरे । 
 


नोबल पुरस्कार विजेता बेनर्जीमाथि वामपन्थी झुकावको आरोप
नोबल पुरस्कार विजेता बेनर्जीमाथि वामपन्थी झुकावको आरोप

काठमाडौं । यस वर्षका अर्थशास्त्रका नोबल पुरस्कार विजेता अभिजित बेनर्जीमाथि वामपन्थी झुकावको आरोप लागेको छ । उनलाई भारतका एकजना मन्त्रीले वामपन्थी झुकाव रहेको भन्दै त्यस्तो आर्..

बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित
बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित

जुबा । दक्षिणी सुुडानमा आएको बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित भएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित भएका हुन् । ना..

हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !
हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !

काठमाडौं । वन्य जन्तुहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो । विभिन्न देशहरुले वन्य जन्तुको संरक्षणको लागि क्षेत्रहरु छुटाएका छन् । त्यस्तै उत्तर बंगालको वन क्षेत्रमा पनि वन..

मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु
मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु

काठमाडौं । अफगानस्तान एक मस्जिदमा बम बिस्फोट हुँदा ६२ जनाको ज्यान गएको छ । शुक्रबार नमाज पढिरहेका बेला मस्जितमा बम बिस्फोट भएको हो । अफगानी अधिकारीहरुका अनुसार पूर्वी नानगह..