‘रातो गलबन्दी’ आयो बजारमा (भिडियोसहित)


नेपाल पाना प्रकाशित: २०७६-३-२९ गते
‘रातो गलबन्दी’ आयो बजारमा (भिडियोसहित)

विराटनगर । फिल्म ‘रातो गलबन्दी’ को फर्स्टलुक पोस्टर सँगै फिल्ममा समावेश गरिएको ‘रातो गलबन्दी’ बोल भएको शीर्ष गीत सार्वजनीक गरिएको छ । 

समाजमा घटिरहेको घटना र प्रेमकथामा आधारित भएर निर्माण गरिएको यस फिल्मलाई यहि साउन १७ गतेका दिन प्रदर्शनमा ल्याउने तय गरिएको छ ।

नव निर्देशक अनिश थापाको निर्देशनमा तयार भएको यस फिल्ममा अभिनेत्री केकी अधिकारी, अभिनेता कोसिस क्षेत्री र अभिनेता बुद्धि तामाङको मुख्य भूमिका रहेको छ । यो फिल्म अनिशको डेब्यु निर्देशन रहेको छ ।

सार्वजनीक गरिएको फिल्मको पोस्टरमा फिल्मका तिन मुख्य कलाकारलाई देखाइएको छ । सार्वजनिक गरिएको फिल्मको शीर्ष गीतमा गायक राजेश पायल राईलाई गायिका श्रेया राईले स्वरमा साथ दिएकी छिन् । लोकराज अधिकारी शब्द रहेको यस गीतमा बिनोद खुम्बुको संगीत रहेको छ भने गोबिन्द राईले गीतको कोरियोग्राफी गरेका छन् ।

हिमाल कडरिया र दुर्गा बस्नेतको संयुत निर्माणमा तयार भएको यस फिल्ममा हिमाल कडरियाकै कथा रहेको छ भने फिल्मको स्क्रिप्ट किरण माइकलले लेखेका हुन् । मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्मको सहनिर्मातामा बासुदेव घिमीरे,अमृता मगैराम र कृष्ण घिमीरे रहेका छन् भने कार्यकारी निर्मातामा प्रकाश दुलाल रहेका छन् ।

सुमन तामाङको छायांकनमा तयार भएको यस फिल्ममा अष्ट महर्जनको द्धन्द्ध निर्देशन रहेको छ । ‘रातो गलबन्दी’मा भरपुर मनोरञ्जनका साथै यस फिल्मले दर्शकलाई सामाजीक सन्देश समेत दिने भएको ले निर्देशक थापाले दर्शकलाई एकपटक फिल्म हेर्न आग्रह गरेका छन् ।


बलिउड अभिनेत्री सनी लियोनी नेपाल आउँदै
बलिउड अभिनेत्री सनी लियोनी नेपाल आउँदै

काठमाडौँ । बलिउड अभिनेत्री सनी लियोनी नेपाल आउने भएकी छन् ।  अभिनेत्री सनी लियोनीले आइटम डान्स गरेकी फिल्म ‘पासवर्ड’ फिल्मको प्रिमियरका लागि नेपाल आउन लागे..

‘आ है तीज आयो’ बोलको गीत बजारमा (भिडियोसहित)
‘आ है तीज आयो’ बोलको गीत बजारमा (भिडियोसहित)

काठमाडौं । गायिका मीना निरौलाले  ‘आ है तीज आयो’ बोलको गीत बजारमा ल्याएकी छिन् । गीतमा सुष्मा महराले शब्द लेखेकी छिन् । यस्तै गीतको भिडियोमा नीता ढुंगना र स..

नेपालको 'अमिताभ बच्चन' भन्दै भारतमा महानायक राजेशको चर्चा, शाहरुखसँग पनि मिल्यो केमेस्ट्री
नेपालको 'अमिताभ बच्चन' भन्दै भारतमा महानायक राजेशको चर्चा, शाहरुखसँग पनि मिल्यो केमेस्ट्री

काठमाडाैं। नेपालका महानायक राजेश हमाल भारतीय मिडियामा छाएका छन्। भारतको प्रमुख सञ्चारमाध्यम आजतकको अनलाइन संस्करणले ‘ये हैं नेपाली सिनेमा के ‘अमिताभ बच्चन&rsq..

‘लभ डायरीज’को ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ सार्वजनिक
‘लभ डायरीज’को ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ सार्वजनिक

काठमाडौं । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘लभ डायरीज’को प्रचारको पहिलो थालनी ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ गीतबाट गरेको छ ।  अर्जुन..