कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने


नेपाल पाना प्रकाशित: २०७६-३-३० गते
कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने

काठमाडौं । उद्यमी व्यवसायीको कार्य समयमै सम्पन्न नगर्ने राष्ट्रसेवक कर्मचारीलाई कारबाही गरिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बताएका छन् । 

विद्यमान वाणिज्य तथा आपूर्ति व्यवस्थापन विषयमा शुक्रबार नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित कार्यक्रममा मन्त्री यादवले काम नगरी आलटाल गर्ने कर्मचारीलाई कारवाही गर्ने धारणा राखेका हुन् ।

निजी क्षेत्रबिनाको विकास असम्भव रहेको मन्त्री यादवले बताउनुभयो। निजी क्षेत्रका संस्थाले कानुनमा उल्लेख भएका गर्न हुने र नहुने व्यवसायको कार्यबारे सुसूचित गराउनुपर्ने मन्त्रीको भनार्इ थियो ।

मुलुकको समग्र विकासका लागि निरपक्ष व्यापारमा मात्रै भन्दा पनि उत्पादनसहितको व्यापारमा जोड दिनुपर्नेमा उनले जोड दिए। अन्नपूर्ण पोष्ट् दैनिकबाट


जता जंगल उतै डोजर, दुर्लभ र बहुमूल्य जडीबुटी विनाश
जता जंगल उतै डोजर, दुर्लभ र बहुमूल्य जडीबुटी विनाश

काठमाडौँ । डडेलधुरा गोगनका हरि नाथ ०५९ सालमा आफनो गाउँ जोडने सडक निर्माण सुरु हुँदा १७ वर्षका थिए । गोगन हुँदै अमरगढी नगरपालिकाको चिर्किट्टे पुग्ने उक्त सडकको उपभोक्ता समितिमा..

सूचना प्रविधि विधेयकमा सजाय घटाउन सकिन्छः बाँस्कोटा
सूचना प्रविधि विधेयकमा सजाय घटाउन सकिन्छः बाँस्कोटा

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकमा रहेका दण्डरसजायका प्रावधानमा सुधार गर्न सकिने बताएका छन् ।  विद्युतीय माध्यमबा..

कोरोना भाइरस छिर्न नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाई
कोरोना भाइरस छिर्न नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाई

काठमाडौं । कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । कसैल..

सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकारलाई भ्याइ न भ्याइ
सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकारलाई भ्याइ न भ्याइ

काठमाडौँ । सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकार उत्तिमलाल पण्डितलाई भ्याइ न भ्याइ छ। गिलो माटोलाई कलात्मक र आकर्षक रुप दिन व्यस्त पण्डित यसै कमाईले बर्सेनि लाखौं आम्दानी गर्द..