बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह


नेपाल पाना प्रकाशित: २०७६-४-१ गते
बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सम्भावित महामारी नियन्त्रणका लागि सरकारलाई आग्रह गरेका छन् । बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका हुन् । 

कांग्रेस संसदीय दलको कार्यालयले आज जारी एक विज्ञप्तिमार्फत बाढी, पहिरो र डुबान क्षेत्रमा थप मानवीय क्षति हुन नदिन सरकार र सम्बन्धित निकायलाई सशक्त एवं गतिशील रुपमा कार्य गर्न आग्रह गरेको हो ।

केही दिनअघि परेको भारी वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो, डुबान र कटानका कारण ठूलो सङ्ख्यामा मानवीय क्षति हुनाका साथै भौतिक क्षति पनि भएको छ ।

क्षतिग्रस्तस्थलको प्रतिवेदनका आधारमा विपद् व्यवस्थापनका लागि राज्यले अझै प्रभावकारी ढङ्गले राहत एवं पुनःस्थापना गर्नु आवश्यक देखिएको काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले उल्लेख गरे ।


काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक
काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक

काठमाडौं । शुक्रबार काठमाडौंस्थित खुलामञ्चमा सांस्कृतिक कार्यक्रम गरेर गौरा पर्व मनाएका छन् । कार्यक्रममा देउडा नाचका साथै सुदूरपश्चिमका अरु सांस्कृतिक प्रस्तुति पनि देखाइए..

प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने
प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रदेश नम्बर दुईको अध्यक्ष प्रभु साहले पदबाट दिएका राजीनामा स्वीकृत नहुने भएको छ ।..

‘मैथिली भाषामा समाचार विचार, सूचना प्रवाह किन रोकेको हो ?, रेडियो नेपालले निरन्तरता दिनुपर्छ’
‘मैथिली भाषामा समाचार विचार, सूचना प्रवाह किन रोकेको हो ?, रेडियो नेपालले निरन्तरता दिनुपर्छ’

काठमाडौं । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा बोल्दै सांसद खेमराज नेपालीले मैथिली भाषीहरू विभिन्न प्रदेशमा छरिएर रहेकाले रेडियो नेपालले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका..

कश्मीर मामिलामा पाकिस्तानले नेपालसँग मागे सहयोग 
कश्मीर मामिलामा पाकिस्तानले नेपालसँग मागे सहयोग 

काठमाडौं । पाकिस्तानी विदेशमन्त्रीले कश्मीर मामिलामा नेपालसँग सहयोग मागेका छन् । भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर काठमाडौंको दुईदिने भ्रमण सकेर दिल्ली फर्किएलगत्तै नेपालस..