आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 


नेपाल पाना प्रकाशित: २०७६-४-१ गते
आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 

धनुषा । अस्थायी शिक्षकको घोषित कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अगाडि एक घण्टा चक्का जाम गर्ने योजना अनुसार चक्का जाम गरेपछि जाम खुलाउन आएका प्रहरी र शिक्षकबीच झडप भएको छ ।

झडपमा प्रहरीले लाठी चार्ज गरेपछि शिक्षकद्वारा मुख्यमन्त्री विरुद्ध चर्को नाराबाजी गरेका थिए । अस्थायी शिक्षकलाई यथावत् रुपमा उमेरको हदसम्म पेशाको ग्यारेन्टी र औषधी उपचारको व्यवस्थाको माग गर्दै अस्थायी शिक्षक असार १९ देखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्नामा बसेका हुन् ।

जीवनको महत्वपूर्ण समय मुलुकको शिक्षा क्षेत्रमा बिताएको र बुढेशकालमा सरकारले रोजगारी खोसेको उनीहरुको आरोप छ । अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्रकुमार यादवले संघीय सरकारको गलत नीतिका कारण प्रदेश(२ का करिब १ हजार २ सय शिक्षकको रोजगार खोसिएको दुखेसो सुनाए ।

संविधानको धारा ३३ मा मौलिक हक अन्तर्गत रोजगारीको व्यवस्था गरिए पनि सरकारले सडकमा आन्दोलन गर्न बाध्य बनाएको उनले बताए । २ दिन अघि मुख्यमन्त्रीले समस्या समाधान गर्ने आस्वासन दिएपनि कुनै पहल नगरेको उनीहरुको भनाइ छ ।


कांग्रेसले समयमै खबरदारी गर्न नसक्दा सरकार निरंकुश, ... पर्याप्त थियो त ?
कांग्रेसले समयमै खबरदारी गर्न नसक्दा सरकार निरंकुश, ... पर्याप्त थियो त ?

काठमाडौं । सोमबार प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा नेपाली कांग्रेस निकट पेशाकर्मीले कांग्रेसले खबरदारी नगर्दा सरकार निरंकुश भएको धारणा राखेका छन् ।  नेपाल ब..

चार हजार धरौटीमा छुटिन् आस्था राउत
चार हजार धरौटीमा छुटिन् आस्था राउत

काठमाडौं । गायिका आस्था राउत धरौटीमा छुटेकी छन् । अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई चार हजार रूपैयाँ धरौटीमा छाड्ने आदेश ग..

अमेरिकी सैनिकको विमान दुर्घटनाग्रस्त
अमेरिकी सैनिकको विमान दुर्घटनाग्रस्त

एजेन्सी । अमेरिकी सैनिकको विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनाको जिम्मा तालिवानले लिएको छ । अमेरिकी सेनाले सोमबार अफगानिस्तानको पूर्वी क्षेत्रमा आफ्नो..

पाकिस्तानमा फेरी अर्को हिन्दू केटी बिहेकै समयमा अपहरित, हिन्दूहरु 'चिन्तित'
पाकिस्तानमा फेरी अर्को हिन्दू केटी बिहेकै समयमा अपहरित, हिन्दूहरु 'चिन्तित'

काठमाडौं । पाकिस्तानमा फेरी अर्को हिन्दू कन्या अपहरणमा परेकी छन् ।  पाकिस्तानी पुलिस र सेनाको सहयोगमा अपहरणकारीले भारती नन्दन निशाको अपहरण गरेको खुलेको छ । भारतीको केह..