नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या


नेपाल पाना प्रकाशित: २०७६-४-१ गते
नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा एक नवविवाहित दम्पतीको करेन्ट लगाएर आत्महत्या गरेको छ । अन्दाजी २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले आफैँलाई खुट्टामा करेन्ट लगाएर आत्महत्या गरेका हुन् ।

घरको भित्र कोठामा चुकुल लागेको र पति पत्नी दुवैको खुट्टामा नांगो तार बेरिएर अंगालो मारेरै आत्महत्या गरेको अवस्थामा दुईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

शवलाइ अहिले पोस्टमार्टमका लागि जनकपुर अस्पतालमा राखिएको छ । घटना गम्भीर प्रकृतिको देखिएकोले अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ । महासेठ दम्पत्तिको गत बैशाख ६ मा मात्र सामाजिक परम्पराअनुसार विवाह भएको थियो ।


सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध करणीको मुद्दा दर्ता
सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध करणीको मुद्दा दर्ता

ओखलढुंगा । बलात्कारको आरोपमा प्रहरीले एक सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ । सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालि..

निर्माणाधीन नालीमा डुबेर सुमित्राको ज्यान गयो
निर्माणाधीन नालीमा डुबेर सुमित्राको ज्यान गयो

झापा । बिर्तामोड-भद्रपुर सडकखण्डको निर्माणाधीन नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-१० की करिब ६७ वर्षीया सुमित्रा राई रहेको जिल्..

भारतीय रुपैयाँसहित दुई जना वीरगन्जबाट पक्राउ
भारतीय रुपैयाँसहित दुई जना वीरगन्जबाट पक्राउ

काठमाडौ‌ । नक्कली भारतीय रुपैयाँसहित दु्ई जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । प्रहरीले पर्सा हुँदै भारत छिर्न लागेका दुई जनाबाट एक लाख ९० हजार रुपैयाँ बराबरको नक्..

मोटर चलाउने क्रममा करेन्ट लागेर श्यामलालको मृत्यु
मोटर चलाउने क्रममा करेन्ट लागेर श्यामलालको मृत्यु

लहान । करेन्ट लागेर सिरहाको बरियारपट्टि गाउँपालिका–४ सोहपुरमा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय श्यामलाल यादव रहेका प्रहरीले जनाएको छ । धान..