हाफिज सईदको गिरफ्तारीप्रति भारतको आशंका, ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी 


प्रकाशित: २०७६-४-१ गते
हाफिज सईदको गिरफ्तारीप्रति भारतको आशंका, ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी 

काठमाडौं । मुम्बई हमलाका योजनाकार हाफिज सईदलाई पाकिस्तानले गिरफ्तार गरेपनि भारतले आतंकवादी संगठन जमात उल दावाका ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी गरेको छ । 

सन् २००८ नोभेम्बर २६ का दिन हाफिजको गुरुयोजनामा पाकिस्तानी आतंकवादीहरुले भारतको मुम्बईमा हमला गरेका थिए । सो हमलामा परी ९ आतंकवादीसहित १७४ जना मानिसहरुको मृत्यु भएको थियो भने ३०० नागरिक घाईते भएका थिए । 

सोही हमलाका योजनाकार हाफिजलाई लाहोरको गुजरावालातर्फ जाँदै गर्दा पाकिस्तानको आतंकवाद नियन्त्रण विभाग ९सीटीडी० ले आज ९बुधबार० गिरफ्तार गरेको छ । 

स्रोतको हवाला दिँदै भारतीय सञ्चारमाध्यम आजतकले हाफिजलाई गिरफ्तार गर्नुभन्दा पहिले नै पाकिस्तानले जमातको आतंकवादी शिविरहरुलाई अफगान सिमा क्षेत्रमा सारेको दाबी गरेको हो । यसअघि हाफिजको आतंकवादी संगठनका आतंकी शिविरहरु पाकिस्तान प्रशासित काश्मीरमा रहेको पनि आजतकको खबरमा उल्लेख छ । 

हाफिजको गिरफ्तारी देखाउने बहाना मात्र भएको र ५०० आतंकवादीहरुहरुलाई अफगान सिमामा सारेर भारतविरोधी गतिविधीका लागि पाकिस्तानले तयार गरिरहेको पनि आजतकले जनाएको छ । हाफिजलाई गिरफ्तार गर्नु अगावै निजको संगठनका १० शीर्ष कमाण्डरहरुलाई अफगान सिमाको आतंकवादी शिविरमा सारिएको पनि सो खबरमा उल्लेख छ । यी कमाण्डरहरुले अफगानिस्तानको खोस्त, कुनार र नांगाहारमा लडाकुहरुलाई तालिम दिईरहेको भारतले दाबी गरेको छ । 

हाफिज लस्कर ए तोएबाक सहसंस्थापक हुन् । सो प्रतिबन्धित संगठनका नाईकेको गिरफ्तारीका पछाडि पाकिस्तानले आतंकवादमा गरिरहेको लगानीलाई लिएर विश्वभर भईरहेको आलोचनालाई कारण देखाईएको छ । पाकिस्तानको आतंकवादविरोधी अदालतले हाफिजसहित ३ जनालाई सोमबारमात्रै एक मदरसाको जमीन अवैद्य रुपमा कब्जा गरेको भन्दै परेका उजुरीमा जमानत दिएको थियो ।


मन्दिरमा तीर्थालुहरुबीच भागदौड, चार जनाको मृत्यु
मन्दिरमा तीर्थालुहरुबीच भागदौड, चार जनाको मृत्यु

एजेन्सी । भारतको एक मन्दिरमा भागदौड हुदाँ चार जनाको मृत्यु भएको छ ।  पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार..

कश्मीर मामिलामा नेपाललाई मुछ्न खोज्दै पाकिस्तान 
कश्मीर मामिलामा नेपाललाई मुछ्न खोज्दै पाकिस्तान 

पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति काठमाडौं । जम्मु–कश्मीरलाई विशेषाधिकार दिने संविधानको अनुसूची ३७० खारेज गरेपछि भारतसँग क्रुद्ध बनेको पाकिस्तान..

पाकिस्तानका रेलमन्त्री बेलायतमा कुटिए
पाकिस्तानका रेलमन्त्री बेलायतमा कुटिए

काठमाडौं । विवादित भाषण र बयानबाजीका कारणका चर्चामा आईरहने पाकिस्तानका रेलमन्त्री शेख रशीद बेलायतको लण्डनमा कुटिएका छन् । रशीस तिनै व्यक्ति हुन् : जसले जम्मु–क..

सेनाले गरेको हवाई कारबाहीमा २० तालिबानको मृत्यु
सेनाले गरेको हवाई कारबाहीमा २० तालिबानको मृत्यु

अफगानिस्तान । उत्तरी प्रान्त बाल्खमा अफगानिस्तानको हवाई सैन्य सेनाले गरेको कारबाहीमा परी २० जना तालिबानको ज्यान गएको छ । त्यस क्षेत्रमा तालिबानको बस्ती रहेको सूचनाका आधारमा..