झ्याप भएकी युवतीले पुलबाट हाम्फालेपछि...


नेपाल पाना प्रकाशित: २०७६-४-२ गते
झ्याप भएकी युवतीले पुलबाट हाम्फालेपछि...

काठमाडौं । रक्सीको नसामा रहेकै बेला एक युवतीले नाङ्गै भएर १५० फीट आग्लो पुलबाट हाम्फालेकी छन् ।  पोर्चुगलमा झ्याप भएकी एक महिला पर्यटक सर्वांग नांगो भएर १५० फीट अग्लो पुलबाट हाम्फालेकी छन् । ब्राजिलबाट आएकी भन्ठानिएकी उक्त पर्यटकले पोर्टोमा रहेको डोम लुइस पहिलो पुलबाट खतरनाक डाइभ हानेकी हुन् । 

घटनाको भिडियो पनि सार्वजनिक भएको छ । पूरै झ्याप भएको अवस्थामा महिलाले सबै लुगा खोलेर पुलमा चढेर आफूलाई सन्तुलनमा राख्दै डुओरो नदीमा हाम्फालेकी थिइन् । ती महिलासँग दुई अन्य पुरुष पनि थिए । उनीहरूले चाहिँ कम्मरमाथि लुगा लगाएका थिएनन् । उनीहरू पुलको छेउमा बसिरहे । 

उनले माथिको लुगा चिच्याइरहेको भीडतर्फ फ्याँकिन् अनि त्यसपछि जीन्स पाइन्ट झिकिन् र अगाडिपछाडि हल्लिइन् । त्यसपछि उनी टाउको अगाडि पारेर झ्याम्मै हाम्फालिन् । उनी पानीमा चप्लङ्ग हुँदा मानिसहरू कराए । 

प्रहरीको गश्ती टोलीले घटनापछि उक्त क्षेत्रमा खोजबीन गरेको भए पनि घटनामा संलग्न कोही पनि भेटेन । अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन । भाग्यवश ती महिला नदीको किनारसम्म पौडिँदै आइन् र उनलाई खासै चोटपटक लागेन । उनको परिचय खुलेको छैन ।

भाग्यवश ती महिला नदीको किनारसम्म पौडिँदै आइन् र उनलाई खासै चोटपटक लागेन । उनको परिचय खुलेको छैन ।


मन्दिरमा तीर्थालुहरुबीच भागदौड, चार जनाको मृत्यु
मन्दिरमा तीर्थालुहरुबीच भागदौड, चार जनाको मृत्यु

एजेन्सी । भारतको एक मन्दिरमा भागदौड हुदाँ चार जनाको मृत्यु भएको छ ।  पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार..

कश्मीर मामिलामा नेपाललाई मुछ्न खोज्दै पाकिस्तान 
कश्मीर मामिलामा नेपाललाई मुछ्न खोज्दै पाकिस्तान 

पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति काठमाडौं । जम्मु–कश्मीरलाई विशेषाधिकार दिने संविधानको अनुसूची ३७० खारेज गरेपछि भारतसँग क्रुद्ध बनेको पाकिस्तान..

पाकिस्तानका रेलमन्त्री बेलायतमा कुटिए
पाकिस्तानका रेलमन्त्री बेलायतमा कुटिए

काठमाडौं । विवादित भाषण र बयानबाजीका कारणका चर्चामा आईरहने पाकिस्तानका रेलमन्त्री शेख रशीद बेलायतको लण्डनमा कुटिएका छन् । रशीस तिनै व्यक्ति हुन् : जसले जम्मु–क..

सेनाले गरेको हवाई कारबाहीमा २० तालिबानको मृत्यु
सेनाले गरेको हवाई कारबाहीमा २० तालिबानको मृत्यु

अफगानिस्तान । उत्तरी प्रान्त बाल्खमा अफगानिस्तानको हवाई सैन्य सेनाले गरेको कारबाहीमा परी २० जना तालिबानको ज्यान गएको छ । त्यस क्षेत्रमा तालिबानको बस्ती रहेको सूचनाका आधारमा..