बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु 


नेपालपाना प्रकाशित: २०७६-४-५ गते
बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु 

बाग्लुङ । काठेखोला गाउँपालिका–१, मनाङडाँडामा बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु भएको छ । 

ग१ज ७१८१ नम्बरको जिपका चालक ससिलाल थापाले शनिबार राति ८ बजेतिर जीप पार्किङ गर्ने क्रममाब्याक गर्दा आफ्नै छोरा ७ वर्षीय सलिन थापालाई किचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।

बागलुङ बजारबाट यात्रु तथा सामान ओसारपोसार गर्ने जिप राति घर नजिकै पार्किङ गरेर राख्ने क्रममा अचानक बालकलाई किच्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।


सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध करणीको मुद्दा दर्ता
सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध करणीको मुद्दा दर्ता

ओखलढुंगा । बलात्कारको आरोपमा प्रहरीले एक सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ । सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालि..

निर्माणाधीन नालीमा डुबेर सुमित्राको ज्यान गयो
निर्माणाधीन नालीमा डुबेर सुमित्राको ज्यान गयो

झापा । बिर्तामोड-भद्रपुर सडकखण्डको निर्माणाधीन नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-१० की करिब ६७ वर्षीया सुमित्रा राई रहेको जिल्..

भारतीय रुपैयाँसहित दुई जना वीरगन्जबाट पक्राउ
भारतीय रुपैयाँसहित दुई जना वीरगन्जबाट पक्राउ

काठमाडौ‌ । नक्कली भारतीय रुपैयाँसहित दु्ई जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । प्रहरीले पर्सा हुँदै भारत छिर्न लागेका दुई जनाबाट एक लाख ९० हजार रुपैयाँ बराबरको नक्..

मोटर चलाउने क्रममा करेन्ट लागेर श्यामलालको मृत्यु
मोटर चलाउने क्रममा करेन्ट लागेर श्यामलालको मृत्यु

लहान । करेन्ट लागेर सिरहाको बरियारपट्टि गाउँपालिका–४ सोहपुरमा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय श्यामलाल यादव रहेका प्रहरीले जनाएको छ । धान..