नेपालकै सबैभन्दा ठूलो मौलिक रियालिटी ‘शो’मा रविराज साह पहिलो नम्बरमा छनोट


नेपाल पाना प्रकाशित: २०७६-४-५ गते
नेपालकै सबैभन्दा ठूलो मौलिक रियालिटी ‘शो’मा रविराज साह पहिलो नम्बरमा छनोट

काठमाडौं । ‘नेपाल लोक स्टार’ मा प्रदेश २ का रविराज साह पहिलो नम्बरमा छनोट भएका छन् । 

नेपालकै सबैभन्दा ठूलो मौलिक रियालिटी शो भनिएका ‘नेपाल लोक स्टार’ को पहिलो सिजनको उत्कृष्ट २५ मा सर्लाही जिल्लाका रविराज साह पहिलो नम्बरमा छनोट भएका छन् । 

७ प्रदेशमा प्रादेशिक तथा काठमाडौंमा निर्णायक ‘जज’ अडिसन सम्पन्न भएपछि भएको मेगा अडिसनमार्फत उनी छनोट भएका हुन् । नेपालकै सर्वाधिक पुरस्कार राशिको यस रियालिटी शोको विजेताले ५० लाख नगद, दोस्रो हुनेले २५ लाख नगद तथा तेस्रो हुनेले १० लाख नगद पुरस्कार तथा उत्कृष्ट १२ जनाले विश्व भ्रमण प्याकेज पाउनेछन् ।

२६ वर्षीय साहले जनकपुरमा भएको प्रदेश नम्बर २ को अडिसनमा मैथिली पहिरनमा “कवना नगरीया मोरा सैयाँजी के डेरा” बोलको गीत गाएर छनोट भएका थिए ।

काठमाडौंमा भएको मेगा अडिसनमा दौरा सुरुवाल तथा ढाका टोपीमा सज्जिएका साहले “गोर गोर देहिया ओपर धनि रङ चुनरिया‘” बोलको भोजपुरी गीत गाएका थिए ।


‘बुवा आमा’ भन्दै गायक नरेन्द्र राई आए बजारमा (भिडियोसहित)
‘बुवा आमा’ भन्दै गायक नरेन्द्र राई आए बजारमा (भिडियोसहित)

काठमाडौं । गायक नरेन्द्र राईको आवाजमा रहेको ‘बुवा आमा’ गीतको भिडियोे बजारमा सार्वजनिक भएको छ  । माता पिता प्रतिको श्रद्धा र मायालाई गीतमा समेटिएको छ । जिवन..

चर्चित गायिका आस्था राउतलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने !
चर्चित गायिका आस्था राउतलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने !

काठमाडौं । विमानस्थलमा सुरक्षार्थ खटिएकी महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतविरुद्ध कानूनी प्रक्रिया शुरु गरिएको छ । राउत..

गिरीको स्वरमा रहेकाे ‘माया लाएँ’ले धड्क बढाइदियो (भिडियोसहित)
गिरीको स्वरमा रहेकाे ‘माया लाएँ’ले धड्क बढाइदियो (भिडियोसहित)

काठमाडौं । गायक माधव गिरीको स्वरमा रहेकाे ‘माया लाएँ...’ रिलिज भएको छ । गायक गिरीको यो पहिलो गीत हो । गीतमा गायक गिरीकै स्वर, संगीत र शब्द रहेका छन् । रोमान्टिक..

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आस्था राउत र प्रहरीबीच के भएको थियो ?
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आस्था राउत र प्रहरीबीच के भएको थियो ?

काठमाडौं । गायिका आस्था राउत चर्चासँगै विवादमा तानिएकी छन् । बुधवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीले आफूमाथि दुव्यर्वहार गरेको आरोप लगाउँदै लाइभमार्फत प्रहरील..