ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार


नेपालपाना प्रकाशित: २०७६-४-५ गते
ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले सरकारमा सहभागी छन्। उनी उपप्रधानसहित स्वास्थ्यमन्त्री पदमा बहाल छन्। यसर्थमा उनले केपी शर्मा ओली नेतृत्वको सरकारका निर्णयको बचाउ गर्नुपर्ने हो। तर, त्यसो देखिएको छैन, उल्टै विरोधमा उत्रिएका छन्। उपेन्द्रको पार्टीले ओली सरकारको निर्णयलाई ठाडै चुनौती दिइरहेको छ। सत्ता साझेदार दलकै साथ पाउपछि सरकारविरुद्ध आरक्षण आन्दोलनले आकार लिन थालेको छ। प्रसंग हो लोकसेवा विज्ञापन परीक्षाको। संघीय सरकारले लोकसेवामार्फत केन्द्र, प्रदेश र स्थानीय तहमा कर्मचारी भर्नाका लागि विज्ञापन खोलेको छ। तर, यो संघीयता विपरित भएको र आरक्षण कटौती भएको भन्दै आदिवासी जनजाति संगठन आन्दोलत छन्। यसमा सत्तारुढ दलले पनि साथ दिएको छ। एकातिर सरकार कर्मचारी विज्ञापन फिर्ता नलिने अडानमा छ भने अर्काेतिर आन्दोलित समूहले आफ्नो कार्यक्रम विस्तार गर्दै लगेको छ। यस्तो बेला सत्ता साझेदार दलकै साथ पाएपछि आन्दोलनकारीको मनोबल बढेको छ, भने सरकार विस्तारै घेराबन्दीमा पर्दै गएको छ। 

यसैक्रममा सत्तारुढ समाजवादी पार्टी नेपालको प्रदेश ५ समितिले लोकसेवा आयोगको विज्ञापन खारेज गर्न माग गरेको छ । उसले विज्ञापनविरुद्ध भइरहेको आन्दोलनमा ऐक्यबद्धतासमेत जनाएको छ ।

आयोगले स्थानीय तहको विज्ञापन समानुपातिक, समावेशी सिद्धान्त विपरित भएको समाजवादी पार्टीको ठहर छ । समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेस विद्रोह, थारु, आदिवासी जनजाति, दलित, मुस्लिम, महिला र खस आर्य समेतको बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धी धारा ४२ को सामाजिक न्यायको सिद्धान्त विपरित आयोगले विज्ञापन प्रकाशित गरेको उल्लेख गरेका छन् ।

‘संविधानबाट प्राप्त समानुपातिक समावेशी जस्ता महत्वपूर्ण उपलब्धीका विरुद्ध लोक सेवा आयोगले स्थानीय तहका लागि विज्ञापन प्रकाशित गरेकाले असंवैधानिक विज्ञापनको घोर भत्र्सना गर्दछौं र उक्त विज्ञापनको विरुद्धमा भैरहेको आन्दोलनमा सहभागिताका लागि न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ ।


१८ बर्षअघि आतंकवादसँग यसरी काँपेको थियो अमेरिका, क्षणभरमै तीनहजार मानिस मारिएको त्यो क्षण !
१८ बर्षअघि आतंकवादसँग यसरी काँपेको थियो अमेरिका, क्षणभरमै तीनहजार मानिस मारिएको त्यो क्षण !

काठमाडौं । सन् २००१ को सेप्टेम्बर ११ का दिन अमेरिकामा आतंकवादी हमला भएको आज ठीक १८ बर्ष पुगेको छ ।  त्यो बर्षको आजकै दिन संसारकै सबैभन्दा शक्तिशाली मुलुक अमेरिकालाई अन..

नेपाल र चीनबीचकाे पछिल्लो सम्झौता : कुटनीतिक स्तर 'भीख दिने र लिने' तहमै पुगेको हो ? 
नेपाल र चीनबीचकाे पछिल्लो सम्झौता : कुटनीतिक स्तर 'भीख दिने र लिने' तहमै पुगेको हो ? 

समझदारीपत्रमा हस्ताक्षर गर्दै नेपाल र चीनका अधिकारीहरु ।  काठमाडौं । आर्थिक र भौतिक विकासमा उत्तरी छिमेकीको बलियो ब्याकअप खोजिरहेको नेपाल र चीनबीच सोमबार भएको तीन सम्झ..

कश्मीरमा भारतलाई नेपालको साथ, परराष्ट्रमन्त्री ज्ञवालीले भने–"धारा ३७० भारतको आन्तरिक मामिला हो !"
कश्मीरमा भारतलाई नेपालको साथ, परराष्ट्रमन्त्री ज्ञवालीले भने–"धारा ३७० भारतको आन्तरिक मामिला हो !"

काठमाडौं । नेपालले जम्मु–कश्मीरको विशेषाधिकार खारेज गर्ने निर्णय भारतको आन्तरिक विषय भएको जनाएको छ । लामो समयसम्म कश्मीर विवादमा मौनता साँधेको नेपालले अन्ततः भारतकै अ..

तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !
तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !

काठमाडौं । व्यापारीहरुले मौसमी तरकारीहरु समेत किन्नै नसकिनेगरी मूल्य बढाउँदा मौन बसेको सरकारले गत असार २ गते यस्तो निर्णय ग-यो : जसले स्वदेशी कृषकहरुलाई होईन, उल्टै तस्कर..