गुल्मीमा भिषण पहिरो (अपडेट) : ८ जनाको मृत्यु, २ बेपत्ता


नेपालपाना प्रकाशित: २०७६-४-७ गते
गुल्मीमा भिषण पहिरो (अपडेट) : ८ जनाको मृत्यु, २ बेपत्ता

गुल्मी। गुल्मीमा पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ। २ जना बेपत्ता छन् । सोमबार साझँदेखि परेको अविरल वर्षाका कारण जिल्लाको सत्यबति गाउँपालिका २ वटा वडामा पहिरोले घर पुरिँदा ८ जनाको मृत्यु भएको गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेले बताए। मुत्यु हुनेमा सत्यवती गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षीय छल्ली बिक, १२ वर्षीया अञ्जली बिक, १० वर्षिय हेमन्त बिक, १० वर्षीया सिवानी बिक, ६० वर्षीय, छल्दली बिक र ३० वर्षिय पंखु बिक रहेका छन्। 

त्यस्तै सोही गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन थलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षीया तिलकुमारी तरामु र ९ वर्षीय दर्शन तरामुको मुत्यु भएको डिएसपी घलेले बताए ।

सोही वडामा रुद्र बिकको घर पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षीया माया बिक र १६ वर्षीय गबी बिक बेपत्ता भएका छन् । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवती ४ का १० वर्षीया करिश्मा त्रामु र १३ वर्षीय धनी तरामु घाइते भएको प्रहरीले जनाएका छन् । गएरातिदेखि परेको भारी वर्षाले घरमाथिबाट पहिरो जाँदा सुतिरहेकाहरूको मृत्यु भएको हो। 


जापानमा भयानक रेल दुर्घटना ट-यो, सबै यात्रु सुरक्षित
जापानमा भयानक रेल दुर्घटना ट-यो, सबै यात्रु सुरक्षित

टोकियो । जापानमा प्रतिघण्टा २८० किलोमिटरको गतिमा गुडिरहेको एउटा रेलको ढोका अचानक खुलेपनि भयानक दुर्घटना टरेको छ ।  बुधबार भएको सो घटनामा ढोका खुलेपछि पनि रेल ४ किलोमिट..

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता
नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता भएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार नेपाल आएका विदेशमन्त्री जयशंकर आज स्व..

भोलि हिन्दू धर्मावलम्बीको महान् पर्व कृष्ण जन्माष्टमी, प्रदेश २ मा सार्वजनिक बिदा
भोलि हिन्दू धर्मावलम्बीको महान् पर्व कृष्ण जन्माष्टमी, प्रदेश २ मा सार्वजनिक बिदा

काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिइएको छ ।  प्रदेश २ सरकारले जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने न..

भरुवा बन्दुकसहित बल बहादुर पक्राउ
भरुवा बन्दुकसहित बल बहादुर पक्राउ

वर्दिया । भरुवा बन्दुकसहति बारबर्दिया नगरपालिका-५ बस्ने बल बहादुर थारु पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय जयनगरबाट प्रहरीले थारुको घर तलासी गर्ने क्रममा उक्त बन्दुक तथा..