तिब्बतबाट आएको १६ किलो सुन प्रहरीले ओढारबाट समात्यो


नेपालपाना प्रकाशित: २०७६-४-९ गते
तिब्बतबाट आएको १६ किलो सुन प्रहरीले ओढारबाट समात्यो

गोरखा। गोरखा प्रहरीले ओढारमा लुकाइराखेको १६ किलो सुन बरामद गरेको छ। गोरखा धार्चेको एक ओढारबाट उक्त सुन बरामद गरिएको प्रहरीले जनाएको छ। २७ दिन अघिदेखि हराइरहेका माछाखोलाका धनकमल गुरुङ बुधवार पक्राउ परेपछि उक्त सुन फेला परेको हो।

तिब्बतबाट ल्याएको सुन लुटेरा समूहले लुट्न खोजेपछि धनकमलले नै ओढारमा लुकाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। तीब्बतबाट खच्चरमा सुन  ल्याएको सुचना पाएपछि लुटेराको एउटा समूहले लुट्न खोजेको थियो। त्यसपछि उक्त सुन धनकमलले ओढारमा लुकाइएको प्रहरकिो अनुमान छ। त्यसपछि उनी सम्पर्कबिहिन थिए। उनले आफू अपहरणमा परेको नाटक गर्दै आएका थिए।

परिवारको सम्पर्कमा रहने तर प्रहरी सम्पर्कमा नरहेका कारण सुन कारोवारमा धनकमलको संलग्नता रहेको आशंका प्रहरीको थियो। २६ दिनपछि धनकमल पक्राउ परेपछि तिब्बतबाट ल्याइएको सुन भेटिएको हो। तीन सातादेखि प्रहरीले धनकमलसहित सुन आएको भन्ने सुचना अनुसार खोजी गरिरहेको थियो।


जापानमा भयानक रेल दुर्घटना ट-यो, सबै यात्रु सुरक्षित
जापानमा भयानक रेल दुर्घटना ट-यो, सबै यात्रु सुरक्षित

टोकियो । जापानमा प्रतिघण्टा २८० किलोमिटरको गतिमा गुडिरहेको एउटा रेलको ढोका अचानक खुलेपनि भयानक दुर्घटना टरेको छ ।  बुधबार भएको सो घटनामा ढोका खुलेपछि पनि रेल ४ किलोमिट..

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता
नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता भएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार नेपाल आएका विदेशमन्त्री जयशंकर आज स्व..

भोलि हिन्दू धर्मावलम्बीको महान् पर्व कृष्ण जन्माष्टमी, प्रदेश २ मा सार्वजनिक बिदा
भोलि हिन्दू धर्मावलम्बीको महान् पर्व कृष्ण जन्माष्टमी, प्रदेश २ मा सार्वजनिक बिदा

काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिइएको छ ।  प्रदेश २ सरकारले जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने न..

भरुवा बन्दुकसहित बल बहादुर पक्राउ
भरुवा बन्दुकसहित बल बहादुर पक्राउ

वर्दिया । भरुवा बन्दुकसहति बारबर्दिया नगरपालिका-५ बस्ने बल बहादुर थारु पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय जयनगरबाट प्रहरीले थारुको घर तलासी गर्ने क्रममा उक्त बन्दुक तथा..