काठमाडौं महानगरमा खुल्लमखुल्ला घुस, अख्तियारले समात्यो ठूलै कर्मचारी


नेपालपाना प्रकाशित: २०७६-४-१० गते
काठमाडौं महानगरमा खुल्लमखुल्ला घुस, अख्तियारले समात्यो ठूलै कर्मचारी

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका समाजिक विभागका नायब सुब्बा कृष्णप्रसाद सोतीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सामाजिक विभागमार्फत कार्यान्वयनमा आएको एक कार्यक्रमको रकम भुक्तानी गरेबापत सेवाग्राहीसँग रु एक लाख सात हजार घुस मागेको अभियोग सोतीमाथि लागेको आयोगले जनाएको छ । 

सामाजिक विकासमार्फत खर्च भएको रकमको पाँच प्रतिशत कमिशनबापतको रकम घुस मागेको आरोप सोतीमाथि लागेको छ । बिगो असुल गरी कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

यस्तै आयोगले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा कार्यरत खरीदार पुष्पर अधिकारीलाई रु चार हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । होटल व्यवसाय दर्ता गरिदिने प्रयोजनार्थ एक सेवाग्राहीसँग घुस मागेको अभियोग अधिकारीमाथि लागेको छ ।

आयोगले अधिकारीको कोठामा खानतलासी गर्दा रु ७३ हजार ९५० बराबरको रकम समेत पक्राउ गरेको छ । आरोपी अधिकारीको थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

यस्तै आयोगले महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी नायब निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारलाई सार्वजनिक मुद्दा चाँडै मिलाइदिने भन्दै रु १८ हजार घुस मागेको आरोप लागेको छ । 

आयोगको टोलीले उनीहरुलाई काठमाडौँ महानगरपालिका–८ स्थित मिथिला काबेली यातायात सेवा प्रालि र अनलाइन डिलक्सको काउन्टर अगाडिबाट नियन्त्रणमा लिइएको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको छ ।


पूर्व प्रधानमन्त्री डा. भट्टराई सत्तारुढ दलको सिटमा बस्न थालेपछि...
पूर्व प्रधानमन्त्री डा. भट्टराई सत्तारुढ दलको सिटमा बस्न थालेपछि...

काठमाडौँ । विहीवारको संसद बैठक शुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको जानकारीसहितको पत्र प्राप्त भएको जानकारी गराएका..

प्रचण्डद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा सचिवालय बैठककाे आह्वान
प्रचण्डद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा सचिवालय बैठककाे आह्वान

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठक पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&rsqu..

सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर भुइँचालो गयो
सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर भुइँचालो गयो

सोलुखुम्बु । सोलुखुम्बुको गोलीलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको छ ।  बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा पछिल्लो भूकम्पको धक्का महसुस गरिएको राष्ट्रि..

एकताको बाँकी काम टुंग्याउन बोलाइएको नेकपा सचिवालय वैठक निश्कर्षविहीन
एकताको बाँकी काम टुंग्याउन बोलाइएको नेकपा सचिवालय वैठक निश्कर्षविहीन

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी९नेकपा०को सचिवालय बैठक निश्कर्षविहीन रुपमा टुंगिएको छ । एकताको बाँकी काम टुंग्याउन बोलाइएको सचिवालय बैठकमा शीर्ष नेताहरु अन्यत्र जानुपर्ने..