दरबारमार्गमा १० करोड लगानीमा खुल्यो भव्य ‘म्यागनम’ क्लब


नेपालपाना प्रकाशित: २०७६-४-११ गते
दरबारमार्गमा १० करोड लगानीमा खुल्यो भव्य ‘म्यागनम’ क्लब

काठमाडौं- राजधानीको दरबारमार्गमा १० करोड लगानीमा नयाँ लाउन्ज क्लब ‘म्यागनम’ खुलेको छ। म्यागनम शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउँदै छ। उद्घाटन समारोहमा कुटुम्ब ब्यान्डले प्रस्तुति दिने आयोजकले जनाएको छ। 

लोक शास्त्रीय संगीतमा ख्याती कमाएको कुटुम्बले ‘सय थरी बाजा’, ‘सान्नानी’, ‘असारे महिनामा’, ‘झम्के फुली’ लगायत आफ्नो एल्बमका लोकप्रिय गीतहरु कार्यक्रममा प्रस्तुत गर्ने बताइएको छ।

उद्घाटन कार्यक्रम साँझको ७ बजेबाट सुरु हुनेछ। कार्यक्रममा डिजे सेसन पनि राखिएको छ। सहभागीलाई नचाउन डिजे निधान, डिजे निहान र डिजे अस्मी आउनेछन्। 

म्यागनमलाई युवा व्यवसायी अनिशसिंह ठकुरी, कलाकार किशोर खड्का र मोडल भाष्कर बानियाँले १० कराेड संयुक्त लगानीमा खोलेका हुन्।


‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै सडकमा हिँड्नेसँग रकम असुल्ने पक्राउ
‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै सडकमा हिँड्नेसँग रकम असुल्ने पक्राउ

जनकपुर। सडकमा हिँड्नेसँग रकम असुली गर्ने एक जना पक्राउ परेका छन् । ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै रकम असुली गर्ने  बस्ने ३० वर्षीय प्रतिक कुमार चौध..

भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने सरकारको तयारी
भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले संवेदनशिल भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने भएको छ । चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्ने देखिएपछि राजस्व चुहावट नियन्त्रण उच्चस्त..

आईसीयूबाटै पक्राउ परेका सिद्धबाबालाई पुनः सात दिन थुनामा राख्न अदालतले दिए अनुमति
आईसीयूबाटै पक्राउ परेका सिद्धबाबालाई पुनः सात दिन थुनामा राख्न अदालतले दिए अनुमति

विराटनगर ।  सिद्धबाबा भनिने कृष्ण गिरीलाई अनुशन्धानका लागि भन्दै पुनः सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।  अनुशन्धान नसकिएको भन्दै  आज सुनसरी जिल्ल..

न्यायपरिषद सदस्यबाट वैदिकले दिए राजीनामा
न्यायपरिषद सदस्यबाट वैदिकले दिए राजीनामा

काठमाडौं। न्यायपरिषद सदस्य पदम वैदिकले परिषद सदस्यबाट राजीनामा बुझाएको छ । सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा सिफारिस हुने निश्चित भएपछि उनले राजीनामा बुझाउने निर्णय..