दुई थान भरुवा बन्दुकसहित दुई जना समातिए


नेपाल पाना प्रकाशित: २०७६-४-११ गते
दुई थान भरुवा बन्दुकसहित दुई जना समातिए

मोरङ । शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कानेपोखरी गाउँपालिका–७ जनजागृति सामुदायिक वनबाट  प्रहरीले कानेपोखरी गाउँपालिका–५ जहदाका २६ वर्षीय धनकेशर राई र उर्लाबारी नगरपालिका–४ का ४४ वर्षीय शम्भु गहतराजको साथबाट भरुवा बन्दुक बरामद गरेको हो ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधिसहितको टोलीले गस्ती गर्ने क्रममा  दुबै जनालाई पक्राउ गरेको हो । दुबै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको छ ।


‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै सडकमा हिँड्नेसँग रकम असुल्ने पक्राउ
‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै सडकमा हिँड्नेसँग रकम असुल्ने पक्राउ

जनकपुर। सडकमा हिँड्नेसँग रकम असुली गर्ने एक जना पक्राउ परेका छन् । ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै रकम असुली गर्ने  बस्ने ३० वर्षीय प्रतिक कुमार चौध..

भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने सरकारको तयारी
भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले संवेदनशिल भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने भएको छ । चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्ने देखिएपछि राजस्व चुहावट नियन्त्रण उच्चस्त..

आईसीयूबाटै पक्राउ परेका सिद्धबाबालाई पुनः सात दिन थुनामा राख्न अदालतले दिए अनुमति
आईसीयूबाटै पक्राउ परेका सिद्धबाबालाई पुनः सात दिन थुनामा राख्न अदालतले दिए अनुमति

विराटनगर ।  सिद्धबाबा भनिने कृष्ण गिरीलाई अनुशन्धानका लागि भन्दै पुनः सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।  अनुशन्धान नसकिएको भन्दै  आज सुनसरी जिल्ल..

न्यायपरिषद सदस्यबाट वैदिकले दिए राजीनामा
न्यायपरिषद सदस्यबाट वैदिकले दिए राजीनामा

काठमाडौं। न्यायपरिषद सदस्य पदम वैदिकले परिषद सदस्यबाट राजीनामा बुझाएको छ । सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा सिफारिस हुने निश्चित भएपछि उनले राजीनामा बुझाउने निर्णय..