बाढीबाट महोत्तरीमा बाढीबाट ४ हजार घरमा क्षति


रासस प्रकाशित: २०७६-४-११ गते
बाढीबाट महोत्तरीमा बाढीबाट ४ हजार घरमा क्षति

गौशाला । बाढीबाट महोत्तरीमा चार हजार ५७१ घरमा पूर्ण क्षति भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्कअनुसार बाढीबाट सात हजार ९६३ घरमा आंशिक तथा पाँच हजार ८४७ घरमा सामान्य क्षति पुगेको छ ।

जिल्लामा १५० हेक्टरमा लगाइएको धानखेती, २० हेक्टरको मकैखेती, ५० हेक्टरको तरकारीखेती र आठ हेक्टरमा लगाइएको अन्य खेती नष्ट भएको छ । रु पाँच करोड बराबरको धानखेती, कुखुरा र कुखुराजन्य उत्पादन, केरा, तरकारी, कुलो, इनार र च्याउखेती क्षति भएको छ । पन्ध्र हजार हेक्टरमा लगाइएको धानखेती डुबानमा परेको छ ।

बाढीले मटिहानी, जलेश्वर, बलवा, लोहारपटी, भङ्गहा नगरपालिका, एकडारा, महोतरी र पिपरा गाउँपालिकामा सबैभन्दा बढी क्षति पु¥याएको छ । बाढी र डुबानबाट माछापोखरीमा पूर्णरुपमा क्षति पुगेको छ भने कुखुरा र कुखुराजन्य उत्पादन, केराखेती र तरकारीखेतीमा नोक्सानी बेहोर्नुपरेको छ । बाढीबाट झण्डै पाँच हजार किसान प्रभावित भएका छन् । उनीहरुले ऋण मिनाहा, निःशुल्क बीउ, माछापोखरी निर्माणलगायतमा राहतका लागि सरकारसँग माग गरेका छन् ।

रातो, मरहा, विग्ही र जङ्घा नदीमा आएको बाढीले बलवा नगरपालिकाको लेऊरी, जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका र लोहारपट्टी नगरपालिकाका झण्डै ४० गाउँ डुबानमा परेका छन् । यसबाट करीब दुई लाख बसिन्दा प्रभावित भएका छन् । बाढीबाट प्रभावितलाई राहत वितरण गरिँदै आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।


चार हजार धरौटीमा छुटिन् आस्था राउत
चार हजार धरौटीमा छुटिन् आस्था राउत

काठमाडौं । गायिका आस्था राउत धरौटीमा छुटेकी छन् । अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई चार हजार रूपैयाँ धरौटीमा छाड्ने आदेश ग..

अमेरिकी सैनिकको विमान दुर्घटनाग्रस्त
अमेरिकी सैनिकको विमान दुर्घटनाग्रस्त

एजेन्सी । अमेरिकी सैनिकको विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनाको जिम्मा तालिवानले लिएको छ । अमेरिकी सेनाले सोमबार अफगानिस्तानको पूर्वी क्षेत्रमा आफ्नो..

पाकिस्तानमा फेरी अर्को हिन्दू केटी बिहेकै समयमा अपहरित, हिन्दूहरु 'चिन्तित'
पाकिस्तानमा फेरी अर्को हिन्दू केटी बिहेकै समयमा अपहरित, हिन्दूहरु 'चिन्तित'

काठमाडौं । पाकिस्तानमा फेरी अर्को हिन्दू कन्या अपहरणमा परेकी छन् ।  पाकिस्तानी पुलिस र सेनाको सहयोगमा अपहरणकारीले भारती नन्दन निशाको अपहरण गरेको खुलेको छ । भारतीको केह..

शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुन्छः शिक्षामन्त्री पोखरेल
शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुन्छः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई रोजगारसँग जोड्नुपर्ने बताएका छन् । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीको आयोजनामा आजदेखि..