स्कुल विभाग कसले लिने भन्ने विषयलाई प्रतिष्ठा बनाएपछि...


नेपाल पाना प्रकाशित: २०७६-४-१४ गते
स्कुल विभाग कसले लिने भन्ने विषयलाई प्रतिष्ठा बनाएपछि...

काठमाडौं । पार्टी एकीकरण भएको ढेड बर्ष अवधिमा जटिल मानिएका सांंगठानिक एकीकरणको काम नेपाल कम्युनिष्ट पार्टीले सम्पन्न गरिसकेको छ । तर स्कुल विभाग कसले लिने भन्ने विषयलाई प्रतिष्ठा बनाएपछि एक साता अघि नै सम्पन्न हुने एकता प्रक्रिया लम्बिदै गएको छ । 

केन्द्रीय सदस्यहरुको कार्य विभाजन, प्रदेश कमिटीको पदाधिकारी, जिल्ला कमिटीको अध्यक्ष र सचिव, जनवर्गीय संगठनको एकीकरणको काम सम्पन्न गरिसकेको छ । एकीकरण अन्तर्गत विभाग र आयोगका प्रमुखहरुको टुंगो लगाउने काममात्र बाँकी रहेको छ । 

पटक–पटक सांगठानिक एकीकरणको विवादमा रुमलिदै आएको नेकपा भित्र पूर्व एमाले र पूर्व माओवादी समुहबीच प्रतिष्ठानको विषय समेत बन्नपुगेको छ ।सांगठनिक एकीकरणको विषयलाई लिएर विवाद उत्कर्ष लामो समयसम्म पनि संवाद नहुने अवस्थाबाट नेकपा गुज्रिदै आएको छ ।

जटिल मानिएको सांगठानिक एकीकरणको काम सम्पन्न भएर बाँकी एकतालाई पूर्णतादिने अन्तिम तयारीमा पुगेपनि स्कुल विभाग कसले लिने भन्ने विषयलाई प्रतिष्ठा बनाएपछि एक साता अघि नै सम्पन्न हुने एकता प्रक्रिया लम्बिदै गएको छ । नेपाल समाचारपत्रबाट


जता जंगल उतै डोजर, दुर्लभ र बहुमूल्य जडीबुटी विनाश
जता जंगल उतै डोजर, दुर्लभ र बहुमूल्य जडीबुटी विनाश

काठमाडौँ । डडेलधुरा गोगनका हरि नाथ ०५९ सालमा आफनो गाउँ जोडने सडक निर्माण सुरु हुँदा १७ वर्षका थिए । गोगन हुँदै अमरगढी नगरपालिकाको चिर्किट्टे पुग्ने उक्त सडकको उपभोक्ता समितिमा..

सूचना प्रविधि विधेयकमा सजाय घटाउन सकिन्छः बाँस्कोटा
सूचना प्रविधि विधेयकमा सजाय घटाउन सकिन्छः बाँस्कोटा

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकमा रहेका दण्डरसजायका प्रावधानमा सुधार गर्न सकिने बताएका छन् ।  विद्युतीय माध्यमबा..

कोरोना भाइरस छिर्न नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाई
कोरोना भाइरस छिर्न नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाई

काठमाडौं । कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । कसैल..

सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकारलाई भ्याइ न भ्याइ
सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकारलाई भ्याइ न भ्याइ

काठमाडौँ । सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकार उत्तिमलाल पण्डितलाई भ्याइ न भ्याइ छ। गिलो माटोलाई कलात्मक र आकर्षक रुप दिन व्यस्त पण्डित यसै कमाईले बर्सेनि लाखौं आम्दानी गर्द..