आज १५ साउन, यो दिनमा किन खाईन्छ खीर ? 


नेपालपाना प्रकाशित: २०७६-४-१५ गते
आज १५ साउन, यो दिनमा किन खाईन्छ खीर ? 

काठमाडौं । आज १५ साउन, यो दिनलाई नेपालीहरुले खीर खाने पर्वका रुपमा मनाउँछन् । गर्मीको समयमा शरीरमा दाद, खटिरा, र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि खीर खानु उपयुक्त हुने चिकित्सकहरु बताउँछन् । 

तीज, श्राद्ध, देवालीलगायतका शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई आज भने विशेष तरीकाले पकाएर खाने गरिन्छ । चामल, दूध, नरिवल, छोकडा, मरिच चिनी लगायतका अन्य चिजहरु हालेर खीर बनाउने चलन छ । 

खीर उच्च क्यालोरी भएको खाना हो । दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ । चामलबाट कार्बोहाइड्रेड र अन्य सामग्रीबाट भिटामिन र मिनरल्स प्राप्त हुन्छ। त्यसैले खीरलाई थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानाका रुपमा लिईन्छ ।


काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक
काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक

काठमाडौं । शुक्रबार काठमाडौंस्थित खुलामञ्चमा सांस्कृतिक कार्यक्रम गरेर गौरा पर्व मनाएका छन् । कार्यक्रममा देउडा नाचका साथै सुदूरपश्चिमका अरु सांस्कृतिक प्रस्तुति पनि देखाइए..

आज श्री कृष्णको जन्म दिनको मनाइदैँ, कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो
आज श्री कृष्णको जन्म दिनको मनाइदैँ, कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो

काठमाडौं । आज भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झनामा देशभरका कृष्ण जन्माष्टमी मनाइँदै छ । देशभरका कृष्ण मन्दिरमा शुक्रबार बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ । श्रद्..

गौरा पर्वका दिन सुदूरपश्चिममा सार्वजनिक बिदा
गौरा पर्वका दिन सुदूरपश्चिममा सार्वजनिक बिदा

धनगढी । गौरा पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर..

दिवंगत आत्माको सम्झनामा आजदेखि गाईजात्रा शुरू
दिवंगत आत्माको सम्झनामा आजदेखि गाईजात्रा शुरू

काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ। आजको दिन एक वर्षभित्र..