स्वादसँगै स्वास्थ्यका लागि बहुउपयोगी मेवा यस्तो अवस्थामा खनुहुदैन, जानीराखौँ


नेपाल पाना प्रकाशित: २०७६-४-१५ गते
स्वादसँगै स्वास्थ्यका लागि बहुउपयोगी मेवा यस्तो अवस्थामा खनुहुदैन, जानीराखौँ

काठमाडौं । मेवा बहुउपयोगी फलफूल हो । विशेषगरी गर्मी मौसममा यो फल तथा यसको जुस स्वास्थ्यका लागि पनि उपयोगी छ । स्वादसँगै मेवा स्वास्थ्यको लागि पनि अति फाइदाजनक हुन्छ । 

मेवा म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन तथा क्यारोटीनयुक्त तथा डायटरी फाइबरले भरिपूर्ण हुन्छ । जसले मानव शरीरलाई अत्यन्तै हित गर्छ । यस्तो हितकारी फल सबैका लागि उपयोगी नहुन सक्छ । त्यसैले मेवा खानेबेलामा ध्यान दिन आवश्यक छ ।

गर्भवती महिलाका लागि मेगा अनुपयोगी हो । विभिन्न अवस्थामा मेवाको सेवन शरीरका लागि फाइदाजनक भएपनि गर्भावस्थामा भने यसको सेवन शरीरका लागि हानीकारक हुनसक्छ । यसले गर्भावस्थामा गर्भपात गराउन सक्छ । खासगरी, मेवाले गर्भाशयलाई खुम्च्याउने गर्छ । जसले गर्दा गर्भपात हुने खतरा उच्च हुन्छ ।

त्यस्तै स्तनपान गराउने महिलाले खानबाट बच्नुपर्छ । गर्भावस्थामा त मेवाको सेवन गर्नै हुँदैन । सुत्केरी महिलाहरुलाई पनि स्तनपान गराउञ्जेल मेवाको सेवन नगर्न नै सल्लाह दिने गर्छन् । किनकी मेवामा पपाइन नामक विषाक्त हुन्छ,जुन ससाना बच्चाका लागि हानीकारक मानिन्छ । यसबाहेक, बच्चा जबसम्म एक वर्षको हुँदैन, उनीहरुलाई मेजवा नखुवाउन नै सल्लाह दिने गरिन्छ ।

केरोटेनेमिया नामक रोगबाट प्रभावित व्यक्तिले मेवा कहिल्यै खानु हुँदैन । किनकी मेवामा लेटेक्स नामक पदार्थ हुन्छ, जसले केरोटेनेमियाबाट प्रभावित व्यक्तिमा छालाको एलर्जीको समस्या निम्त्याउन सक्छ ।

मेवाले सुगरको स्तर कम गर्छ । त्यसैले, न्युन रक्तचाप भएका व्यक्तिले झुक्किएर पनि मेवा खानु हुँदैन । जबकी उच्च रक्तचापलाई नियन्त्रण गर्न औषधीको सेवन गर्ने व्यक्तिले भने चिकित्सकको सल्लाहमा मेवा अवश्यक खान सक्छन् ।

विभिन्न अध्ययनहरुले जनाए अनुसार अत्याधिक मात्रामा भिटामिन ‘सी’को सेवनले मिर्गौलामा पथ्थरी हुनसक्छ । र, मेवामा भिटामिन ‘सी’अत्याधिक मात्रामा हुने भएकोले यसको सेवनले मिर्गौलामा पथ्थरी हुनसक्छ ।

पेट खराब भएमा पनि मेवाबाट टाढा रहनु पर्छ । त्यस्तै, पखाला लागेमा पनि मेवाबाट टाढा रहनु पर्छ । किनकी यसले समस्या कम हुनुको सट्टा झनै बढ्न सक्छ । मुटु सम्बन्धि समस्या भएका व्यक्तिले पनि मेवाबाट टाढा रहनु पर्छ । विशेषगरी, रगत पातलो हुने व्यक्तिले मेवाबाट कुनै पनि हालतमा टाढा रहनै पर्छ । घाँटीको समस्या हुने व्यक्तिले मेवा खानु हुँदैन । यसले घाँटीलाई प्रभावित पार्न सक्छ ।


महिनावारी समस्याले चिन्तित हुनुहुन्छ ? यसो गर्नुस्
महिनावारी समस्याले चिन्तित हुनुहुन्छ ? यसो गर्नुस्

काठमाडौं । युवतीहरुमा महिनावारीसँगै विभिन्न समस्याहरु पनि देखिन्छ ।  महिनावारी हुँदा पेट दुख्ने, रगत धेरै बग्ने, वान्ता हुने र महिनावारी अनियमितता जस्ता समस्याका कारण..

प्रधानमन्त्री ओली उपचार गर्न आज फेरि सिंगापुर जाँदै, पुन: किड्नी फेर्ने तयारी
प्रधानमन्त्री ओली उपचार गर्न आज फेरि सिंगापुर जाँदै, पुन: किड्नी फेर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको बीचमा उपचारका लागि भन्दै दोस्रोपटक सिंगापुर जान लागेका छन् । स्वास्थ्य परीक्षणका लागि भन्दै ओली आज दिउँसो साढे १ बजे था..

म्यानमारमा डेँगुको महामारी, हालसम्म ४८ जनाको मृत्यु, १० हजार ७ सय प्रभावित 
म्यानमारमा डेँगुको महामारी, हालसम्म ४८ जनाको मृत्यु, १० हजार ७ सय प्रभावित 

याङ्गुन । म्यानमारमा फैलिएको डेँगुका कारण यस वर्ष ४८ जनाको मृत्यु भएको छ। गत सात महिनाको अवधिमा अरु १० हजार ७ सय ५७ जनामा डेँगुको सङ्क्रमणको पुष्टि भएको अधिकारीहरूले जनाएका छन..

निमोनियाका कारण वडाध्यक्षको निधन
निमोनियाका कारण वडाध्यक्षको निधन

भोजपुर । निमोनियाले भेटेपछि उपचारक्रममा रहेका पौवादुङमा गाउँपालिका–१ श्यामशीलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ ।  जिल्ला अस्पतालमा उपचार हुन नसकेप..