रोगका रुपमा चिन्ने जन्डिस रोग नभई लक्षण मात्र


नेपाल पाना प्रकाशित: २०७६-४-१५ गते
रोगका रुपमा चिन्ने जन्डिस रोग नभई लक्षण मात्र

काठमाडौं । हामीले रोगका रुपमा चिन्ने जन्डिस खासमा रोग नभई रोगको लक्षण मात्र हो । जन्डिस, पहेलो जोरो अथवा कमलपित्त कलेजो सम्बन्धी रोगको लक्षण हो ।

हाम्रो आँखाको सेतो भाग तथा नङ पहेलो देखिन थालेमा रगतको जाच गरेर हामीले हामीलाई जन्डिस भएको थाहा पाउन सक्छौं । हाम्रो रगतमा बिलिरूबिन नामक तत्वको मात्रा बढी हुदाँ यसरी पहेलो हुने गर्छ । खाना पचाउन सहयोग गर्ने हाम्रो कलेजोमा प्रदूषित खानपान, फोहोर पानी र अत्याधिक रक्सी, चुरोट र सुर्तीजन्य पदार्थले धेरै असर गरेको हुन्छ ।

यी कारणहरुका कारण जन्डिसको संक्रमण बढ्ने सम्भावना देखिन्छ । जन्डिस आफैमा एउटा रोग नभएर, हाम्रो शरीरमा भएको अन्य खतरनाक रोगको कारण हो । जन्डिस एउटा लक्षण हो । हेपाटाइटिस वा प्यानक्रियाजमा क्यान्सर लागेमा जन्डिस देखिन्छ । शरीरको विभिन्न भागमा पहेलो पनको रुपमा जन्डिस देखा पर्दछ । जन्डिसलाई समयमा नियन्त्रण गर्न नसकिएमा हाम्रो स्वास्थ्यमा गम्भीर असर पुग्न सक्छ ।

कलेजो बिग्रिएर कतिपयको मृत्यु समेत हुने गरेको हुन्छ । जन्डिस लागेको संका लाग्ने बितिकै हामीले चिकित्सक कहाँ जानु पर्छ र क कारणले हामीलाई जन्डिस लागेको बुझ्नु पर्छ । जन्डिसको मुख्य उपचार भनेको हामीले हाम्रो दैनिक क्रियाकलाप र खानपानमा ध्यान दिनुका साथै प्रसस्त रुपमा आराम गर्नु पर्छ । जन्डिस लाग्ने थाहा हुने बित्तिकै हामीले हाम्रो खानपानमा एकदम ध्यान दिनु पर्ने हुन्छ । तर, जन्डिसमा कुनै पनि खाना नखाने भन्ने हुँदैन ।

हामीले यस्तो समयमा प्रसस्त पानी पिएर र पानीको मात्रा धेरै भएको मौसमी फलफुलहरु तथा विभिन्न हरियो साग सब्जीहरुमा बेसार नहालिकन सिधेनुन र जिरा मात्र हालेर उसिनेको तरकारी खानु पर्छ । लिभर सिरोसिस लागेर जन्डिस भएको छ भने पेटमा पानी जमेको हुन सक्छ । पेटमा पानी जमेको बेलामा अझै बढी पानी खायो भने बिरामीलाई झनै पीडा हुन्छ।

हामीले यस्तो समयमा सिधेनुन, जिरा, धनिया, अदुवा, लसुन, प्याज, बेसार जस्ता मसलाहरु र चिल्लो तथा पिरो खानेकुरा, ड्राइ फ्रुट्स तथा जंक फुडको कम प्रयोग गर्नु पर्छ । यस्तो समयमा अन्डा, माछा तथा मासुको सेवन नगरेकै ठिक हुन्छ । यसले हाम्रो रोगलाई अझ बल्झाउन सक्छ । अत्याधिक रक्सी, चुरोट र सुर्तीजन्य पदार्थका कारणले नै यो रोग लाग्ने भएका कारणले हामीले यस्ता पदार्थहरुको सेवनलाई त्याग गर्नु नै हाम्रो स्वास्थ्यका लागि उचित हुने गर्छ ।

यदि जन्डिस भएको बेलामा रक्सी तथा सुर्तीजन्य पदार्थको सेवन गरेमा हामीलाई मृत्यु समेत हुन सक्छ । जन्डिस भएको छ भने एक्लै सुत्ने गर्नु पर्छ । जन्डिस हुँदा ज्वरो आएमा सिटामोलको प्रयोग गर्नु हुदैन । ज्वरो वढी आएमा घर छेउका मानिसहरुले दिने चाहिने तथा नचाहिने सल्लाहहरुलाई नसुनीकन हामीले हतार नगरी चिकित्सकको सल्लाह लिनु पर्छ ।







प्रधानमन्त्री ओलीको मिर्गौला आज पनि डायलासिस गरिँदै, केही दिन अस्पतालमै बस्ने 
प्रधानमन्त्री ओलीको मिर्गौला आज पनि डायलासिस गरिँदै, केही दिन अस्पतालमै बस्ने 

काठमाडौं । उपचारका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि डायलासिस गरिँदैछ ।  मिर्गौलाले कामै गर्न छाडेपछि हिजो (बुधबार) धापासीस्थित ग्राण्डी अस..

किड्नीले काम गर्न छाडेपछि प्रधानमन्त्री आइसियूमा, अझै दुईपटक डायलाइसिस गर्नुपर्ने
किड्नीले काम गर्न छाडेपछि प्रधानमन्त्री आइसियूमा, अझै दुईपटक डायलाइसिस गर्नुपर्ने

काठमाडौं । किडनी (मिर्गौला) ले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्रान्डी अस्पतालले आइसीयूमा राखेको छ । हिजो (बुधबार) दिउँसो दुई बजेतिर ओलीको आकस्मिक डायलाइस..

कोरियाले नेपालमा स्वास्थ्य बीमा प्रोजेक्ट चलाउने
कोरियाले नेपालमा स्वास्थ्य बीमा प्रोजेक्ट चलाउने

काठमाडौं । कोरियाले नेपालमा नेसनल हेल्थ इन्स्योरेन्स सपोर्ट प्रोजेक्ट सञ्चालन गर्ने भएको छ ।  नेपालमा स्वास्थ्य बीमा कार्यक्रमलाई जनसमक्ष प्रभावकारी बनाउन उक्त प्रोजेक..

अमला मानव शरिरको लागि औषधीय साबित, जानौं अमलाका गुणहरु:
अमला मानव शरिरको लागि औषधीय साबित, जानौं अमलाका गुणहरु:

एजेन्सी । फलमध्येमा पर्ने अमला मानव शरिरको लागि औषधीय साबित भएको छ । जानौं अमलाका गुणहरु: -अमलामा पानीको मात्रा हुन्छ, जसले पिसाबसम्बन्धी समस्या हटाउन मद्दत गर्छ ।अमलाले..