योगेश भट्टराईले ईश्वरको नाममा सपथ लिन मानेनन्


नेपालपाना प्रकाशित: २०७६-४-१५ गते
योगेश भट्टराईले ईश्वरको नाममा सपथ लिन मानेनन्

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका युवा नेता योगेश भट्टराईले ईश्वरको नाममा सपथ लिन अस्वीकार गरेका छन्। भट्टराई बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएका थिए। मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उनको ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीले योगेशलाई नियुक्त गरेका हुन्। बुधबारै राष्ट्रपति कार्यालय शीतलनिवासमा मन्त्री भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिए।

सपथ खुवाउँदा राष्ट्रपति भण्डारीले ईश्वरको नाममा सपथ खुवाइन। तर, योगेशले ईश्वर शब्द उच्चारण गरेनन्। योगेशको पूर्वपार्टी एमालेबाट राष्ट्रपति बनेकी विद्यादेवीले ईश्वरको नाममा सपथ खुवाउने तर सोही पार्टीका योगेशले ईश्वरको नाममा सपथ नखानुले कम्युनिस्टको दोहोरो चरित्र देखियो। कम्युनिस्टहरु राष्ट्रियताप्रति झुकाव राख्छन्। तर राष्ट्रियता र पहिचान झल्काउने ईश्वर शब्द उच्चारण गर्न डराउँछन्। नेकपाभित्र पूर्वमाओवादीहरु भने पहिले पनि ईश्वरको नाम लिँदैनथे। तर एमालेहरु भने विगतमा ईश्वरको नाममा सपथ लिन्थे। तर, पूर्वएमालेका युवा नेताले भने बुधबार ईश्वर शब्दको उच्चारण नगरेर पहिचानको मात्रै होइन सपथ खुवाउने राष्ट्रपतिको पनि अपमान गरे। 

भर्खरै बेलायतमा नयाँ प्रधानमन्त्री बोरिस जोन्सनले बाइबलमा हात राखेर सपथ लिएका थिए। नेपालमा गीतामा राखेर सपथ लिने प्रचलन नभए पनि सनातन धर्मसँग जोडिएको ईश्वर शब्द उच्चारण गरेर सपथ लिने प्रचलन भएपनि योगेशले पनि यो प्रचलन तोडेका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बाइबलमा हात राखेर सपथ खाएका थिए। कुरामा राष्ट्रियता भन्ने तर राष्ट्रको पहिचानलाई वेवास्ता गर्ने परिपाटी कम्युनिस्टमा देखिन्छ।


१३ औं साग: गल्फर सुवासले जिते ऐतिहासिक दुई स्वर्ण
१३ औं साग: गल्फर सुवासले जिते ऐतिहासिक दुई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदमा गल्फर सुवास तामाङले व्यक्तिगत र टिम इभेन्टतर्फबाट दोहोरो स्वर्ण जितेका छन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो । १७..

अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !
अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !

काठमाडौं । भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ । उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ । उ..

५ कि.मि. दौडमा नेपाललाई स्वर्ण र कास्य, साइक्लिङका कारण आज र भोलि सडक प्रभावित
५ कि.मि. दौडमा नेपाललाई स्वर्ण र कास्य, साइक्लिङका कारण आज र भोलि सडक प्रभावित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान भएको ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको छ । खेलमा नेपालका गोपीचन्द्र पार्कीले..

प्रहरीले मेडिकल कलेजका विद्यार्थीमाथि एकाएक लाठीचार्ज गरेपछि...
प्रहरीले मेडिकल कलेजका विद्यार्थीमाथि एकाएक लाठीचार्ज गरेपछि...

चितवन । चिकित्सा शिक्षा शास्त्रको प्रथम बर्षको परीक्षा चलिरहेको बेला छात्राबास भित्रै प्रवेश गरेर प्रहीले विद्यार्थीमाथि एकाएक लाठीचार्ज गरेको छ । चितवन मेडिकल कलेजका विद्यार्..